बुधबार, बैशाख १२, २०८१

मातृ सम्मान दिवसको अवसरमा मातातिर्थमा हुने सवै कार्यक्रम स्थगन

काठमाडौं बैशाख १०, प्रत्येक वर्ष वैशाख कृष्ण औँशीका दिन आफुलाइ जन्म दिने आमाको मुख हेर्ने  अर्थाथ मातातिर्थ औशीको अवसरमा आयोजना गरिने कुनैपनि कार्यक्रम यसवर्ष नहुने भएको छ ।

 विहिवार मनाइने यो पर्वमा  विशेष गरि आमा नहुनेहरुले राजधानी काठमाडौंको मातातीर्थमा गई श्राद्ध, तर्पण, सिदादान गर्दै मनाइने यो पर्व चन्द्रागिरि नगरपालिकाको मातातीर्थमा जन्म दिने आमाप्रति श्रद्धास्वरुप तर्पण, पिण्डदान, श्राद्ध गर्ने परम्परा रहिआएको  छ ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड- १९ को संक्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण मेला स्थगन गरिएको मातातिर्थ संरक्षण तथा विकास संस्थाले जनाएको छ । त्यस्तै चन्द्रागिरि नगरपालिकाले पनि माताततीर्थ मन्दिरमा भीडभाड नगर्न र अवज्ञा गरी गए १ सय रुपैयाँ जरिवाना गर्ने यअिघिनै जनाउ सार्वजनिक गरिसकेका छन ।

अघिल्ला वर्षमा वैशाख कृष्ण औँशीका दिन माताततीर्थमा लाखौँ भक्तजनको भीड लाग्ने गथ्र्यो । मातातीर्थ कुण्डमा स्नान गरी आमाको नाममा तर्पण, पिण्डदान एवं श्राद्ध गरेमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । कुण्डमा दिवङ्गत आमाको मुखसमेत देखिने विश्वाससमेत भक्तजनमा रहिआएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।