बिहिबार, चैत्र १५, २०८०

काँग्रेस सहित विपक्षी चार दलवीच बैठकको निष्कर्ष : सरकारको कदम लोकतन्त्र र जनविरोधी

काठमाडौं बैशाख १० ,सरकारले विश्वव्यापी कोरोना कहरकावीच  ल्याएको राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशको सर्वत्र आलोचना मात्र भएको छैन शक्ति र सत्ताको उन्मादमा सरकारले प्रदर्शन गरेको रवैयाको तिव्र विरोध शुरु भएको छ ।

यसैक्रममा आज प्रमुख प्रतिपक्षदल नेपाली काँग्रेस सहित विपक्षी चार दलवीच भएको बैठकले सरकारको प्रस्तुत कदम संविधानको मर्म विपरित भएको भन्दै सरकारलालइ आफ्नो कदम सच्चाउँन माग गरेको छ । कांग्रेस मुख्यालयमा काँग्रेस समाजवादी, राजपा र राप्रपाको बैठकले सरकारको कदम लोकतन्त्र र जनविरोधी भएको ठहर गरेको हो । त्यस्तै बैठकले मुलुक कोभिड संक्रमणको चपेटामा पर्दै गर्दा आम जनजीवन अस्तव्यस्त भएको र यस्तो अवस्थामा नागरिकको दुःखप्रति सरकार संवेदेनशील बन्न नसकेको आरोप सहित सरकार आफ्नै दम्फु बजाउन लागि पर्नु भनेको सरकारको हर्कत आफैमा जनविरोधी कदम भएको बताए ।

आजको सर्वदलीय बैठकको निर्णय ,दुई अध्यादेश एवं उदयपुर जिल्लामा बढ्दो संक्रमण बारे

Gepostet von Nepali Congress am Mittwoch, 22. April 2020

त्यस्तै बैठक पछि जारी विज्ञप्तिमा कम्युनिष्ट सरकारको प्रस्तुत लोकतान्त्रिक मूल्य र मान्यतालाई समाप्त पारी निरंकुश शासनतर्फ उन्मुख श्रृङ्खलावद्ध कदमहरुको पछिल्लो नाङ्गो कदमका अन्र्तगत आएका दुवै तत्काल फिर्ता लिन सामाजिक दुरी कायम गर्ने व्यवस्था मिलाई तत्काल संघीय संसदको बैठक बोलाउन माग समेत गरेको छ ।

त्यस्तै सरकारका लोकतन्त्र विरोधी र जनविरोधी कामहरुका विरुद्धमा सचेत र जागरुक भइ सरकारको यो अलोकतान्त्रिक कदमको विरुद्धमा जनमत सिर्जना गर्न निरन्तर क्रियाशील रहने र लकडाउनपछि सरकारको निरंकुश र जनविरोधी कदमका विरुद्ध आवश्यक कदम उठाउने निर्णय समेत भएको उल्लेख गरिएको छ।

स्मरण रहोस सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेशको सवालमा निर्णय गर्दै प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पुर्‍याएको केही घण्टाभित्र राष्ट्रपतिबाट अध्यादेश स्वीकृत  र   राजपत्रमा पनि प्रकाशित भइसकेको छ ।

काँग्रेसकाबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, सहमहामन्त्री डा प्रकाशशरण महत, नेताहरु गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, बालकृष्ण खाँण, विश्वप्रकाश शर्मा र राधेश्याम अधिकारी, राजपाबाट महन्थ ठाकुर, राजेन्द्र महतो, महेन्द्र यादव र भण्डारी, समाजवादी पार्टीका तर्फबाट यादव तथा नेता डा बाबुराम भट्टराई, अशोककुमार राई र राजेन्द्रप्रसाद श्रेष्ठ तथा राप्रपाबाट राणा उपस्थित हुनुहुन्थ्यो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।