मङ्लबार, बैशाख १८, २०८१

शहीद स्मारक लिग उपाधीको दौडमा त्रिभुवन आर्मी र मच्छिन्द्र

काठमाडौ फागुन ३,   गत मङ्सिर २७ गतेदेखि राजधानीमा जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधिका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लबवीच खेल हुने भएको छ

लिग तालिकाको शीर्षस्थानमा रहेको त्रिभुवन आर्मी र दोस्रो स्थानमा रहेको मच्छिन्द्र वीच आज हुने खेल आफैमा प्रतिस्प्रर्धात्मक रहने भएको छ । लिग गेमको क्रममा आर्मीले १२ खेलमध्ये नौ खेलमा जित, दुईमा हार तथा एकमा बराबरी खेल्दै २९ अङ्क जोडेको छ भने मच्छिन्द्रले पनि १२ खेलमध्ये नौमा जित, दुईमा हार तथा एकमा बराबरीका साथ २८ अङ्क जोडेको छ ।

अंक तालिका अनुसार त्रिभुवन आर्मीलाई उपाधि जित्न आज मच्छिन्द्रसित बराबरी खेले पुग्छ भने मच्छिन्द्रलाई उपाधि चुम्न आजको खेल जित्नै पर्ने अवस्था रहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।