बिहिबार, चैत्र १५, २०८०

काठमाडौं उपत्यकासहित देशभरको तापक्रम उच्च हुँदै

काठमाडौ फागुन ३, जल तथा मौसम विज्ञान विभागले काठमाडौं उपत्यकासहित देशभर पछिल्ला केही दिनयता तापक्रम निरन्तर बढ्ने क्रममा रहनुको अलावा देशका पूर्वी, मध्य र केही पश्चिमी पहाडी भू–भागमा आङ्शिकदेखि सामान्य बदली र बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको जनाएको छ ।

त्यस्तै मौसम पूर्वानुमान महाशाखाले मापन गरेको पछिल्लो विवरणअनुसार आज काठमाडौ उपत्यकाको न्युनतम तापक्रम छ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २१ दशमलव आठ डिग्री सेल्सियस रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।