शुक्रबार, बैशाख ७, २०८१

कोरोनाको महामारी अझै नियन्त्रणमा आउन नसकेकोमा सर्वत्र चिन्ता

समाचार एजेन्सी फागुन ३ , चीनको हुबेई प्रान्तबाट फैलिएको कोरोना भाइरसको महामारी अझै नियन्त्रणमा आउन नसकेकोमा सर्वत्र चिन्ता व्यक्त गरिएको छ ।संक्रमणको केन्द्र मानिएको हुबेई प्रान्त र आसपासका क्षेत्रमा समेत गरि कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार चार सय ८३ पुगेको जनाउँनुको अलावा बिहीबार मात्रै १ सय १६ जनाको मृत्यु भएको स्थानीय अधिकारीलाइ उदृत गर्दै सञ्चारमाध्यमले जनाएँदै पछिल्ले डाटा अनुसार अझै ५१ हजार ९ सय ८६ जना यसबाट संक्रमित रहेको जनाएको छ ।

त्यस्तै चीन बाहेक २५ देशमा कोरोनाका विरामी भेटिएको र कोरोनाको उद्गमस्थल चीन बाहेक, हङकङ, फिलिपिन्स र जापानमा पनि एक–एक जनाको मृत्यु भएको र अन्य देशमा ४ सय ४७ जनामा संक्रमण देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

यसैवीच विश्व स्वास्थ्य सङ्गठनले भाइरसको नाम ‘कोभिड–नाइन्टिन’ राखेको हो । चीनको वुहान सहरबाट फैलिएको नोबेल कोरोना भाइरसको नाम कोभिड–नाइन्टिन राखिएको छ । त्यस्तै चीन मात्रै नभई विश्व कै लागि पनि कोरोना भाइरस खतराको रुपमा रहेको उनको भनाइ छ । एक जना बेलायती पुरुषवाट विभिन्न देशका ११ जनामा यो भाइरस फैलिएपछि यसले विदेशमा पनि नयाँ संक्रमणको दर बढाउने चिन्ता प्रकट गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2020
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31