मङ्लबार, बैशाख १८, २०८१

वरिष्ठ पत्रकार शर्माको निधन, महासङ्घद्दारा दुःख व्यक्त

काठमाडौ माघ २२, नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार दुर्गानाथ शर्माको निधनप्रति दुःख व्यक्त गरेको छ । वरिष्ठ पत्रकार शर्माको उपचारका क्रममा आज बिहान ११ः०० बजे मनमोहन कार्डियोथेरासिक भस्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, शिक्षण अस्पतालमा निधन भएको हो ।

मुटुसम्बन्धी रोगबाट ग्रसित ७२ वर्षीय शर्मालाई पछिल्लो समय रक्तचाप र पिसाबमा समेत समस्या देखिएपछि पाँच दिनअगाडि उपचारका लागि शहीद गङ्गालाल हृदयरोग केन्द्रमा भर्ना गरिएकोमा मङ्गलबार उक्त अस्पतालमा ल्याइएको थियो । स्वर्गीय शर्माका श्रीमती र दुई छोरा हुनुहुन्छ ।

महासङ्घका महासचिव रमेश विष्टले आज प्रेस विज्ञप्ति जारी गरी नेपालको टेलिभिजन पत्रकारिता क्षेत्रमा उल्लेख्य योगदान पु-याउनु भएका शर्माको निधनले नेपाली पत्रकारिता जगतले एक जना कुशल, अनुभवी, निर्भिक र व्यावसायिक पत्रकारलाई गुमाएको जनाएको छ । “महासङ्घ शर्माप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दछ, शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछ”, विज्ञप्तिमा भनिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।