शुक्रबार, चैत्र १६, २०८०

जनकपुर भन्सारका नासु रजा अन्सारी घुस रकमसहित पक्राउ

काठमाडौं माघ २१, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनकपुर भन्सार कार्यालय धनुषामा कार्यरत नासु अहमद रजा अन्सारीले नेपाल भारत सीमा क्षेत्रबाट सामान ल्याउन सहज गरिदिने भन्दै रु एक लाख ५० हजार घुस  माग गरेको अभियोगमा पक्राउ गरेको जनाएको छ । आयोगद्दारा जारी विज्ञप्तिमा नासु अन्सारीले सेवाग्राहीसँग रु एक लाख ५० हजार  लिइसकेको अवस्थामा जनकपुर उप-महानगरपालिका वडा नं.८ पिडारी चोक, धनुषाबाट पक्राउ परेको जनाएको छ।

यसैवीत आयोगले आजै सडक डिभिजन कार्यालय लहान, सिराहाका आयोगले सडक डिभिजन कार्यालय लहान, सिरहाका निमित्त डिभिजन प्रमुख विन्दा साह भन्ने विनोद साह , इञ्जिनीयर नवीनकुमार साह र सवइञ्जिनीयर वीरेन्द्रकुमार साहविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार आज मुद्धा दायर गरिएका साहत्रयले सेवाग्राहीसँग रुपनी–राजविराज–कुनौली सडक आयोजना निर्माणको अन्तिम बिल भुक्तानी दिने क्रममा विभिन्न बाहाना बनाइ रु १५ लाख ९६ हजार घुस लिएको अभियोगमा घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको थियो ।

आयोगका अनुसार निमित्त प्रमुख हाह पनि सडक निर्माण कार्य सम्पन्न भई अन्तिम बिल भुक्तानीका क्रममा रु ३ लाख घुस रकम सहति पत्राउ परेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।