आइतवार, बैशाख १६, २०८१

सरकारका प्रवक्ताले भने- काँग्रेस आरोप–प्रत्यारोपको खेतीमा रुमलिए

काठमाडौं मंसिर ५, सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्को गत कात्तिक २९ र मङ्सिर ३ गते भएको २२ बुँदे निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सरकारका सकारात्मक काम कारवाहीलाई बेवास्ता गर्दै आरोप–प्रत्यारोपको खेतीमा रुमलिएको बताउनुभएको छ ।

काँग्रेसले सत्ता सञ्चालनको २१ महिनामा २१ आरोप लगाएको विषयप्रति लक्षित हुँदै सरकारका प्रवक्तासमेत रहनुभएका सञ्चारमन्त्री बाँस्कोटाले काँग्रेसको आरोप गतिछाडाको पराकाष्ठा भएको बताउँदै वर्तमान सरकारले राजनीतिमा विकृति ल्याएको भन्ने काँग्रेसको आरोपको खण्डन समेत गर्दै भने हामी काँग्रेस विरुद्ध २०४६ देखि २०७६ सम्मका २९ वर्षका २९ वटा आरोप लगाउन पछि नपर्ने बताउँदै भने राजनीतिक संस्कारको कुरा गर्ने काँग्रेसले सासंद आलमको मुद्दामा काँग्रेसको गरेको निर्णय हेरेपुग्छ ।

त्यस्तै  सीमा सुरक्षाका सवालमा उहाले हामीलाई कसैको एक इञ्च जमीन चाहिँदैन र हाम्रो पनि एक इञ्च जमीन दिन सक्दैनौ भन्दै संवाद र कूटनीतिक पहल सहित प्रस्तुत समस्याको समाधान गर्न सरकार दृढ रहेको बताउनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।