काठमाडौं कार्तिक २८, नेपाल औषधि व्यवासायी संघका महासचिव रामचन्द्र शर्माले बुधवार जारी गरेको औषधिको क्षेत्रमा नयाँ व्यवसायीलाइ प्रवेश निषेध गर्ने मनशायले (आयातकर्ता तथा व्यवसायीलाई आफ्ना नयाँ थोक औषधि विक्रेता थप्नु अघि पुराना थोक बिक्रेतासंग स्वीकृति लिनुपर्ने व्यवस्थाको कार्यान्वयन गर्ने भन्दै ) जारी गरेको नो अव्जेक्सन सर्टिफिकेटको अवधारणाको स्वयम औषधि व्यवसायी वृतबाटनै आलोचना सहित किमार्थ स्वीकार्य नभएको आवाज मुखरित हुन थालेका छन ।
औषधि जगतमा विद्यमान यावत विकृति निवारण गर्दै व्यवसायीलाइ स्वच्छ प्रतिप्रस्प्रर्धाको वातावरण बनाउँनु पर्ने संघले यो वा त्यो नाममा व्यवसायी वृतमा आफुअनुकल जारी गर्न खाजेको नो अब्जेक्शनको तथाकथित अवधारणा आफैमा नियोजित तथा औषधि व्यवसायमाथिको सिन्डिकेट भएको भन्दै ती व्यवसायीले संघको कार्यशैलीमाथि नै संसय जनाउँदै भने – यो कुनैपनि कोणबाट न्यायेचित छैन । यो त केवल औषिध सामराज्यमा संघ र संघका पदाधिकारीले आफु र आफ्ना आसेपासेको भरणपोषणका लागि मञ्चन गर्न खोजेको नौटकङ्कि मात्र भएको बताए ।
त्यस्तै पछिल्लो समय संघको यस्तै स्वेच्छाचारी अवधारणका कारणले गर्दा नै औषधि सामराज्यमा आयात, थोक मात्र नभइ खुद्रा औषधि व्यवासायी संघ समेत प्रभावकारी प्रारुपमा अस्तित्वमा रहदै व्यवसायको प्रर्वद्र्धन गर्दै आइरहेको अवस्थाकावीच नियोजित रुपमा बजार शास्त्रको मान्यता विपरित आयात,औषधि थोक र खुद्रा व्यवसायीको लगानी सुरक्षाको नाममा औषधि व्यवासायी संघले कार्यान्वयन गर्न खोजेको नो अब्जेक्शनको अवधारणा कार्यान्वयन पूर्वनै धुजा धुजा भएको आवस्था छ ।
तथापी संघले औषधि व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन तथा उत्पादक कम्पनी आयातकर्ता र थोक विक्रेताबीच स्वच्छ प्रतिस्पर्धा कायम गर्न संघको विधान बमोजिम एनओसी नियमावली २०६३ बनाएर लागू गरिएको र प्रस्तुत व्यवस्था लागु गरेसंगै औषधि व्यवसायीको लगानी समेत सुरक्षा हुने जिकिर गरिएको छ । त्यस्तै पछिल्लो पटक एनओसीको मर्म विपरित हुने गरी कतिपय व्यक्ति तथा व्यवसायीको गतिविधि शुरु भएको सुनिन आएपछि यस्तो निर्णय लिन बाध्य भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ
स्वस्थ प्रतिस्पर्धामा आधारित खुला बजार बिना औषधि जगतमा नेपालको आर्थिक उन्नतिको कल्पनासमेत गर्न सकिंदैन । तथापी संघले एकल समुदायको ब्रम्हलुट गर्ने नियतवस विश्व व्यापी खुला बजारको मापदण्ड विपरित औषधिकै भाषामा भन्ने हो भने डेटएक्सपाएर भएको अवधारण कार्यान्वयन गर्दै कसलाइ रिजाउँन खोजेको हो बुझिनसक्नु रहेको भन्दै प्रस्तुत सकुर्लर किमार्थ मान्य नहुँने जनाउ सहित आक्रोश व्यक्त गर्दै ती व्यवसायीले भने – यदि संघले व्यवासायीवृतको सुरक्षा नै गर्न चाहेको हो भने गुणस्तर फेल भएका औषधि नेपाली बजारमा खुलेआम बिक्री वितरण गर्ने र डब्लु जिएमपी मापदण्ड नभएका औषधिको कारोवार गर्ने व्यवसायीलाइ निषेध गर्दै औषधि बजारमा त्यस्ता औषधिका कारोवारलाइ रोक लगाउँन सकुर्लर जारी गर्दै प्रतिस्पर्धात्मक खुला बजार अर्थतन्त्रको आधार सुनिश्चित गर्ने सर्कुलर जारी गरेको हो भने स्वीकार्य हुन सक्छ । तर सिङ्गो औषधि बजारमा नयाँ व्यवसायीलाइ प्रवेश निषेध गर्दै कालेकाले मिलेर खाउँ भाले भन्ने नियतले जारी गरेको सकुर्लर मान्न नसकिने जिकिर सहित औषधि व्यवसायी संघको स्वेच्छाचारी, एकाधिकारपूर्ण र निरङ्कुश शैलीले बजारमा झन विकृति पैदा गर्ने भन्दै नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघका केन्द्रीय अध्यक्ष शित्तल श्रेष्ठले संघको निर्णय मान्य नभएको बताए । त्यस्तै उहाँले यो संघले शक्तिको उन्मादमा गरेको सकुर्लर हो यसको कुनै तुक छैन विगतमा पनि यस्तै असफल प्रयास गरेको र त्यसवेला पनि चौतर्फी विरोधका वाजुद संघले सकुर्लर फिर्ता गरेको जानकारी दिए । साथै खुला अर्थतन्त्र , बजार निति एवम् संविधान प्रदत पेशा गरि खान पाउँने अधिकार माथि धावा वोल्दै सम्पूर्ण व्यवसायी जगतमा आफ्नो एकाधिकार कायम गर्ने अभिष्ट सहित गरेको बदनियतसंघको निर्णय मान्न आवश्यक नरहेको बताए ।
त्यस्तै गरि नेपाल औषधि उत्पादक संघका केन्द्रीय उपाध्यक्ष समेत रहेका सन्तोष बरालले एनसीडीएको निर्णय प्रत्यक्ष वा परोक्षरुपमा हेर्ने हो भने सिन्डिकेटलाई प्रोत्साहन गर्ने खालको भएको भन्दै प्रस्तुत निर्णय मान्य नहुँने जनाउ दिदै नेपाल औषधि उत्पादक संघको यस विषय गम्भीर ध्यानाकर्षण भएको बताउँदै संघको औपचारिक बैठक पछि नितिगत धारणा सार्वजनिक गर्ने बताए । साथै व्यक्ति विशेषलाइ रिझाउँन दुरगामी प्रभाव पार्ने यस्ता किसिमका गम्भीर विषयमा गर्नु संघको बचपना नियती भएको बताए ।
त्यस्तै सम्पूर्ण औषधि थोक व्यवसायीको साझा तथा सहकार्य सहित क्रियाशील औषधि थोक व्यवसायीका संघका केन्द्रीय अध्यक्ष शिवराज वास्कोटाले औषधि व्यवसायी संघले आफु अनुकुल ठेकेदारी सोच अनुसार लागु गर्न खोज्ने निति निर्णय किमार्थ बाध्यकारी नभएको जनाउ दिदै मनपरीतन्त्रको पनि पराकाष्ठा हुने बताए ।
साथै राज्य सन्तुलित तथा स्वच्छ प्रतिस्प्रधा सहित समृद्ध मुलकको लागि क्रियाशील हुँदै गर्दा संघ भने अतिवादी सोच सहित व्यवसायीको हकाधिकार माथिनै प्रहार गर्न लागि पर्नु आफैमा अन्यौलको प्रसंग भएको भन्दै औषधि व्यवसायी संघको नामबाट जारी तथाकथित सकुर्लर स्वीकार्य हुनै नसक्ने भन्दै यी यस्ता मान्यता र प्रवृतिको अन्त्य हुनुपर्नेमा जोड दिदै सम्पूर्ण औषधि थोक व्ययवसायी सदस्यमा कुनै त्यस्तो समस्या परे तत्काल संघमा जानकारी गराउँन समेत भने ।
यसैवीच आफ्नो नाम उल्लेख नगर्ने शर्तमा औषधि आयात व्यवसाय सम्वद्ध एक व्यवसायीले भने – औषधि व्यवासायी संघको पदाधिकारी बन्ने अनि मुख्य व्यवसायी आयात कर्ता सुपर को थोक विक्रेता लिदै गरेको व्यवासयिक कारोवारको भुक्तानी नगर्ने प्रवृति वोकेका संघका पदाधिकारी नियती आफैमा उदेक लाग्दो भएको बताए ।
त्यस्तै प्रस्तुत सकुर्लर औषधिका आयातकर्ता /उत्पादकलाइ थोक विक्रेताको हैसियतमा बुझाउँन बाँकी रहेको वक्यौता पनि नबुझाउँने र वक्यौता बाँकी रहेकै कारण उत्पादक र आयातकर्ताले थोक विक्रेता परिवर्तन गर्ला भन्ने हतास मानसिकता सहित थोक विक्रेता परिवर्तन गर्न वा नयाँलाइ जिम्मेवारी दिन मात्र नभइ व्यवसाय गर्न समेत संघको सहमति अर्थात नो अब्जेक्शन चाहिन्छ भन्ने सोच कार्यान्वयन गर्न खोजेको बताए । साथै संघको केहि समय अघिमात्र महाधिवेशन आयोजना स्थल पोखरा स्थित चिरपरिचित होटलमा कार्यक्रमको वक्यौता रकम बुझाउँन बाँकी रहेको र त्यहि रकम को जाहो गर्न समेत व्यवसायीवृतमा संघको तफर्बाट नो अब्जेक्शन पत्र दिदै व्यवसायीवृतबाट रकम उठान गर्ने परिपञ्चमा रहेको समेत बुझिएको छ । जानकारी लागि ज्ञात रहोस संघका त्यस्ता थुप्रै जिम्मेवार पदाधिकारी समेतले औषधि आयातकर्ता (सुपर)/ उत्पादकको आधिकारिक अर्थात औषधि थोक विक्रेता बन्दै कारोवार गरे वापतको भुक्तानी रकम नबुझाएको फेहरिस्त नै हामीलाइ प्राप्त भएको छ जुन सविस्तार प्रकाशन हुँदै जानेछ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान