मङ्लबार, बैशाख १८, २०८१

चीनका राष्ट्रपति सी नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज अपरान्ह काठमाडौं आउँदै

काठमाडौं असोज २५ , राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा मित्रराष्ट्र जनवादी चीनका राष्ट्रपति सी चिनफिङ नेपालको दुईदिने राजकीय भ्रमणका लागि आज अपरान्ह काठमाडौं आउँदैछन्। नेपाल आउँनु पूर्व राष्ट्रपति सीले भारतको अनौपचारिक भ्रमण समेत गर्दै नेपाल आगम हुँने भएको छ । प्राप्त जानकारी अनुसार राष्ट्रपति सीले भारतको अनौपचारिक भ्रमणको क्रममा भारतीय प्रधानन्त्री नरेन्द्र मोदीसँगसमेत विशेष भेटवार्ता गर्ने बताईएको छ ।

त्यस्तै कूटनीतिक क्षेत्रका जानकार विज्ञहरुका अनुसार नेपालले राष्ट्रपति सीको नेपाल भ्रमणलाई उपलब्धिमुलक बनाउँन चौतर्फी सुझबुझ निति अख्तियार गर्नुपर्नेमा जोड दिदै जसरी नेपालले प्रस्तुत भ्रमणलाई प्राथमिकतामा दिएको छ त्यसरीनै नेपालले राजनीतिक, आर्थिक तहबाट फलदायी बनाउने हैसियतमा आफ्ना धारणा प्रस्तुत गर्ने दक्षता प्रदर्शन गर्नुपर्ने बताउँदै आएका छन ।

त्यस्तै भ्रमणका क्रममा सडक, प्रसारण लाइन, रेलमार्ग, क्रसबोर्डर रेल, आर्थिक जोन, सुरुङ मार्ग, नाका स्तरोन्नति, सडक मार्गको विकास लगायतका दुर्जनभन्दा बढि एजेन्दागत विषयमा नेपाल र चीनबीच हुने भनिएको सम्झौता र सहमति हुने र यसको लागिआवश्यक पूर्वाधार नेपालले बनाइसकेको सम्बद्ध स्रोतले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।