बिहिबार, बैशाख ६, २०८१

कांग्रेसद्वारा गहिरो दुःख व्यक्त, सिन्धुपाल्चोक बस दुर्घटनाको छानबिन गर्न माग

काठमाडौं असोज २४ , नेपाली काङ्ग्रेसले सिन्धुपाल्चोक बाट काठमाडौँ तर्फ आउँदै गरेको हेलम्वु यातायातको बा २ ख २७१५ नम्बरको बस इन्द्रवती गाृँपालिका १०, बडहरे मोडमा आज विहान भएको बस दुर्घटनाको छानबिन गर्न माग गरेको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले बस दुर्घटनामा परि निधन भएकाहरुमा श्रद्दाञ्जली अपर्ण गर्दै गहिरो दुःख व्यक्त गर्नुको अलावा घाइते यात्रुको स्वास्थ्यलाभको कामना गर्दै पछिल्लो समय मुलुकमा सडक दुघर्टना बढ्दै गइरहेकाले तत्काल एक कार्यदल गठन गरी त्यस्ता घटनाहरुको गहिरो अध्ययन गरेर नियन्त्रण गर्न गराउन सरकारको ध्यान आकृष्ट गराउँनु भएको छ ।

त्यस्तै विज्ञप्तिमा बसमा क्षमताभन्दा बढी यात्रु सवार हुन दिनु, त्यसको नियन्त्रण नगर्नु र सवारी साधन सञ्चालन गर्नुभन्दा अगाडि त्यसको जाँच नगर्नुले दुर्घटना बढेको निष्कर्ष सहित काङ्ग्रेसले यस्ता घटना दोहोरिन नदिन सरकारले यथाशीघ्र आवश्यक कदम चाल्नु आवश्यक रहेको बताउँदै घाइतेको उपचारको प्रबन्ध मिलाउन सरकारलाई आग्रह समेत गरेको छ ।

स्मरण रहोस यो समाचार तयार पार्दासम्म दुर्घटनाका कारण १४ को मृत्यु हुनुका साथै दर्जनौँ घाइते यात्रुको उद्धार गर्दै विभिन्न अस्पतालमा उपचार भइरहेको र यसमध्ये कतिपयको अवस्था चिन्ताजनक रहेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।