मङ्लबार, बैशाख १८, २०८१

५ अर्व ह्याक गरी विदेश लैजाने योजना विफल  पार्दै  प्रहरीद्दारा १ दर्जन अपराधिक गिरोह पक्राउ

काठमाडौं असोज ८ , नेपाल प्रहरीले कृषि विकास बैंकको लाहान शाखाबाट चार करोड ७३ लाख रुपैयाँ ‘ह्याक’ गरी चोरी गर्ने एक गिरोहलाइ पक्राउ गरी त्यसमध्येका मुख्य आरोपी हरुलायलाई बुधबार सार्वजनिक गरेको छ ।

प्रहरीका अनुसार विदेशी नागरिक काले भन्ने पिटर लामो समय देखि भारतको मुम्बई बसी नेपालका मानिसहरूसंग सम्पर्क गरी भारतमा नै बोलाई मिटिङ गरी कमिशनको डिल गरी विभिन्न बैंक तथा वित्तिय संस्थाको ठूलो धन रासी ह्याक गर्ने गरेको बताउँदै निजहरुले कृषि विकास बैंक ,कैलाश विकास बैंक, नबिल बैंक र पानस रेमिटबाटसमेत रकम ह्याक गरेको जनाएको छ ।

पक्राउ पर्नेमा लवाङ तामाङ, लक्ष्मी लामा तामाङ, सन्जय घले, निर्मला तामाङ, निमा तामाङ, पुष्पराज खड्का, विद्यासागर लामिछाने, श्रवणकुमार श्रेष्ठ  त्यसैगरी, सुनिता श्रेष्ठ, शुबन्कर पन्जा, विजय साह र चन्द्रबहादुर बुढा रहेको प्रहरी जनाएको छ ।

त्यस्तै पिटरले यी व्यक्तिहरु प्रयोग गरी हुन्डीमार्फत् रकम बुझ्ने गरेको जानकारी सहित पिटर नामका विदेशीले रकम ह्याक गरी गिरोहका नेपाली सदस्यहरुको खातामा पठाउने र हुन्डी गरेवापत् १५ देखि ३५ प्रतिशतसम्म कमिसन दिने गरेकोे अनुसन्धानबाट खुलेको र त्यस क्रममा नेपालका विभिन्न बैंकबाट पाँच अर्ब रुपैयाँ ह्याक गर्ने उनीहरुको योजनालाई प्रहरीले विफल पारेको बताउदै निजहरुलाइ बैंकिङ कसुरअन्तर्गत् कारबाही हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।