बुधबार, बैशाख १२, २०८१

प्रजातान्त्रिक योद्धाको सम्मानमा कार्यक्रम सञ्चालन गर्ने सभापति देउवाको उद्घोष 

काठमाडौं असोज ९ , नेपाली कांग्रेसका नेता एंव पूर्वमन्त्री स्वर्गीय मार्शल जुलुम शाक्यको ८० औं जन्मजयन्तीको अवसरमा कामपा वडा न २३ ओम बहालस्थित उहाँकै निवासमा स्थापना गरिएको स्व शाक्यको प्रतिमा अनावरण गर्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्ने व्यक्तित्वहरुको पार्टी र राज्य दुवैले सम्मान गर्न नसकेकोमा दुःख व्यक्त गर्नु भएको छ ।

त्यस्तै सभापति देउवाले हिजोका दिनमा के भयो भनेर भन्नु पर्दा पनि प्रजातन्त्र प्राप्तिका लागि योगदान गर्ने व्यक्तित्वको सम्मानमा पार्टीले विशेष कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको बताउँदै उहाँरुको योगदानको विषयमा युवा पुस्तालाइ जानकारी दिइने उद्घोष गर्नु भएको छ ।

कार्यक्रममा कांग्रेस नेता ध्यानगोविन्द रञ्जित लगायतले प्रजातन्त्र प्राप्तिका लागि नेता शाक्यले गर्नु भएको योगदानको विषयमा प्रकाश पार्नु भएको थियो ।  नेता शाक्यको जन्म बिस १९९६ मा जन्म भएको थियो भने बिस २०७४ सालमा ७८ सालको उमेरमा निधन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

 

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।