शनिबार, बैशाख ८, २०८१

चाडपर्वको बेला बजारको विशेष अनुगमन आवश्यक : वक्ताहरु

काठमाडौं असोज ८/राम चन्द्र प्रजापति,   काठमाडौ जिल्लाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले अनुगमनको प्रक्रिया निरन्तर रुपमा चलिरहने प्रक्रिया भएको बताउँदै चाडपर्वको बेला सबै क्षेत्रमा चाप बढ्ने भएको हुनाले विशेष रुपले अनुगमन गर्नुेमा जोड दिनु भएको छ । सञ्चार केन्द्र नेपालले आज राजधानीमा आसन्न चाडपर्वलाइ लक्षित गर्दै आयोजित चाडपर्व र बजार अनुगमनको अवस्था’ विषयक कार्यक्रममा वोल्दै प्रजिअ दाहाले यस्तो अभिव्यक्ति दिनु भएको हो ।  त्यस्तै उहाँले प्रभावकारी अनुगमनका लागि नियमक निकायलाइ निर्देशन समेत दिनु भएको थियो ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक योगेद्र कुमार गौचनले चाडपर्वलाई लक्षित गरेर आफूहरुले दैनिक अनुगमनलाइ तिव्रता दिदै आएको बताउँनु भयो ।  त्यस्तै उहाँले चीनीको मूल्यको सन्दर्भ उल्लेख गर्दै साल्ट टेडिङ्ग कर्पोरेशनको चीनीका मूल्यका कारण बजार नियन्त्रणमा रहेको सन्दर्भ समेत औल्याउनुभयो ।

त्यस्तै गरि प्रम तथा मप कार्यालयको प्रवक्ता यामलाल भुसालले दशैं, तिहार छठ चाडपर्व नजिकिँदै बजार व्यवस्थापन विषयमा प्रधानमन्त्री कार्यालयको ध्यान केन्द्रित भएको बताउँदै नियमन र अनुगमनमा राज्यका सरोकारवाला सबै निकायवीच समन्वय तथा सहकार्य गर्नु आवश्यक रहेको बताउँनु भयो ।

त्यस्तै उपत्यका प्रहरी प्रमुख शैलेश थापाले चाडपर्वको बेला अपराधका घटनाहरु पनि बढ्न सक्ने हुनाले यसतर्फ नेपाल प्रहरी सचेत रहेको बताउँदै दशैंमा घर जाने यात्रुहरुलाई शकुशल गन्तव्यसम्म पु-याउन सुरक्षा निकायले खेल्नुपर्ने भूमिकामा आफूहरु सचेत भएको बताए भने साल्ट टेडिङ्ग कर्पोरेशनका नायव महाप्रबन्धक कुमार राजभण्डारीले जनताको माग र गुणस्तरलाई ध्यान दिँदै साल्ट टेडिङ्ग कर्पोेरेशनले आफ्ना कामहरु गर्दै आइरहेको बताउँदै सुपथ मूल्य पसल, घुम्ती सेवाले उपभोक्ताहरु लाभान्वित भएको जनाउ दिनु भएको थियो । कार्यक्रममा उपभोक्ताको तर्फबाट  माधब तिमल्सिना र कन्जुमर आइ नेपालका महासचिव रन्जन खनाल लगाएतले आ-आफ्नो धारणा ब्यक्त गर्नुभएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।