मङ्लबार, बैशाख १८, २०८१

३७ जिल्लाका ५० पदका लागि मङ्सिर १४ गते उपनिर्वाचन हुँने

काठमाडौ साउन १७,  निर्वाचन आयोगले मुलुकका विभिन्न ३७ जिल्लाका ५० पदका लागि उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगले अनुसार विभिन्न कारणले रिक्त भएका स्थानमा आगामी मङ्सिर १४ गते सम्पन्न हुने गरि उपनिर्वाचनको मिति तय भएको जनाएको छ ।

त्यस्तै आयोगद्दारा उपमहानगरपालिका प्रमुख १, गाउँपालिका अध्यक्ष ३, गाउँपालिका उपाध्यक्ष १ गाउँपालिका तथा नगरपालिकाका वडाध्यक्ष ४१, प्रदेशसभा सदस्य ३ र प्रतिनिधिसभा सदस्य एक गरी कूल ५० पदका लागि उपनिर्वाचन हुने जारी विज्ञप्ति विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यसअघि बुधबार आयोगले प्रधानमन्त्रीसँग उपनिर्वाचनको बारेमा परामर्श लिएको थियो भने बिहीबार राजनीतिक दलहरूसँग छलफलगरेसंगै आज उप निर्वाचनको मिति सार्वजनिक हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।