शनिबार, बैशाख १५, २०८१

नेता भण्डारीका विचार अनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न सकेनन: नेकपा इन्चार्ज प्रजापति

भक्तपुर साउन १७/ रामचन्द्र प्रजापति,   नेकपा एमालेका तत्कालीन महासचिव एवं जननेता स्व मदन भण्डारीको ६८औँ जन्मजयन्तीको अवसरमा आयोजित विचार गोष्ठीमा वोल्दै नेकपा भक्तपुरका इन्चार्ज दिलिप प्रजापतिले पार्टी एकता शान्तिपुर्ण ढंगले संसदीय अभ्यासबाट राज्य सत्ता संचालनमा लिने र सशस्त्र संघर्षबाट राज्य सत्ता संचालनमा लिने फरक फरक स्कुलिङ्बाट आएका नेता कार्यकर्ता भएकोले अहिले गम्भीरतापुर्वक अगाडी बढनु पर्ने बताउनु भएको छ ।

पार्टीले अहिलेको जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने विषय भनी बहसको लागि बाटो नखोलेका कारण प्रस्तुत विषयलाइ तत्काल बहसमा नल्याउन आग्रह गर्नु भएको छ । साथै उहाँले नेता भण्डारीका विचार अनुसार कम्युनिष्ट पार्टी अगाडि बढ्न नसकेको बताउँदै हिजो भन्दा आज पृथकरुपमा काम गर्नु पर्ने अवस्था रहेको बताउँनु भएको छ ।

मदन भण्डारी फाउन्डेसन भक्तपुरका अध्यक्ष शशीजङ थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टी सचिव भक्तपुरका डि पि ढकाल, केशव पाण्डे ,महेन्द्र पाण्डे राम बहादुर श्रेष्ठ लगाएतले जन नेता मदन भण्डारीको विचारबारे प्रकाश पार्नु भएको थियो।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।