सोमवार, बैशाख १७, २०८१

पिडान र काँग्रेस कोभिड अनुगमन समितिवीच भेटवार्ता

काठमाडौ साउन १३, 

प्रतिपक्षीदल नेपाली काँग्रेसका कांग्रेसका सह-महामन्त्री एव कोभिड १९ अनुगमन समितिका संयोजक डा प्रकाश शरण महत र नेपाल औषधि थोक ब्यबसायी संघका केन्द्रीय प्रतिनिधी मण्डलवीच आज विशेष भेटवार्ता भएको छ ।

भेटवार्ताको क्रममा संघको तर्फबाट कोभिड १९ को संक्रमणको बढ्दो जोखिमकावीच पनि सेवा प्रवाहमा प्रतिवद्ध औषधि व्ययवसायीलाइ राज्यले हेर्ने दृष्टिकोणमा विभेदको निति अख्तियार गरेका कारण तमाम औषधि व्यवसायी वृतमा निरुत्साहित भएको र केन्द्रीय बैकले पनि कर्जा, व्याज लगायतका सेवा सुविधा दिनेक्रममा औषधि व्यवसायीलाइ सम्बोधन गर्न नसकेको जस्ता मुद्धामा केन्द्रीत रहेको संघका महासचिव गणेश नेपालले बताए ।

महासचिव नेपालका अनुसार केन्द्रीत अध्यक्ष शिवराज बाँस्कोटा नेतृत्वको प्रतिनिधीमण्डललाइ डा महतले व्यवसायीको माग प्रति समिति सकारात्मक रहेको र व्यवसायीको माग सम्बोधनका लागि सरकारसंग समितिको तर्फबाट पहलकद्मी लिने बताउँदै आगामी शुक्रवार राजधानीको क्षेत्रपाटीस्थित  संघको केन्द्रीय कार्यालयमा आयोजना हुने तमाम औषधि थोक व्ययवसायीवीच थप छलफल  गर्दै  यस क्षेत्रमा विद्यमान समस्या सम्बोधनको लागि आफु प्रतिवद्ध रहेको बतानुभएको थाहा भएको छ । भेटवार्ताको क्रमममा संघका सचिव माधव अधिकारी र कोषाध्यक्ष विनोद ढकाल लगायत सचिवालय पदाधिकारीको उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।