आइतवार, बैशाख १६, २०८१

तरुणका अध्यक्षद्धारा महासचिव शाही अपदस्थ

काठमाडौ भाद्र २९ , नेपाल तरुण दलले पदीय मर्यादा र जिम्मेवारीविपरीतका गतिविधि गरेको भन्दै सङ्गठनका महासचिव भुपेन्द्रजङ्ग शाहीलाई साधारण सदस्यसमेत नरहने गरी पदबाट हटाएको छ ।

दलका अध्यक्ष जितजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा शाहीले तरुण दलको आदर्श एवं सिद्धान्तविपरीत कार्य गर्दै अनुशासनहीनताको पराकाष्ठा प्रदर्शन गरेकै कारण पदबाट हटाउनुपरेको उल्लेख गरिएको छ ।

त्यस्तै जारी विज्ञप्तिमा सङ्गठनको विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार शाहीलाई महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा जनाउँदै शाहीलाई सङ्गठनबाट हटाइएको पत्रको बोधार्थ पार्टी सभापति शेरबहादुर देउवालाई समेत दिइएको छ । त्यलगत्तै महासचिव शाहीले पनि अर्को विज्ञप्ति जारी गर्दै तरुण अध्यक्ष बस्नेतलाई हटाएको भन्दै अर्को विज्ञप्ति जारी गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।