सोमवार, बैशाख १७, २०८१

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता

काठमाडौं बैशाख १८ , मित्रराष्ट्र चीनको ९ दिने राजकीय भ्रमणका लागि चीन प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्किएकी छन् ।

११ गते चीन प्रस्थान गरेकी थिइन । भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले चिनिया समकक्षी सि चिनफिङसँग दुईपक्षीय भेटवार्ता सहित पारवहन प्रोटोकलसहित विभिन्न ७ वटा समझदारीपत्रमा हस्ताक्षर र बेइजिङमा आयोजना भएको दोस्रो ’बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन’मा सहभागी भएकी थिइन ।

राष्ट्रपति भण्डारी निर्धारित समयभन्दा एक दिन अगावै स्वेदश फर्किएकी हुन । हाई अल्टिच्युटका कारण राष्ट्रपति भण्डारीलाई ल्हासामा स्वास्थ्य समस्या देखिएपछि उहाँ एक दिन अगाबै स्वदेश फर्किएकी हुन् ।

स्वदेश फर्किने क्रममा राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, मन्त्रीहरु लगाएत संवैधानिक अंगका प्रमुखहरुले स्वागत गर्नुभएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।