सोमवार, बैशाख १७, २०८१

कीर्ते आरोहण अनुमतिपत्र बनाउँदै २२ हजार अमेरिकी डलर हजम गर्ने कर्मचारीत्रय पक्राउ

 काठमाडौ असोज १८, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नक्कली आरोहण अनुमतिपत्र बनाउने तीन कर्मचारीत्रय सेभेन समिट ट्रेक्स प्रालिका कानून विभाग प्रमुख निभेश कार्की, बजार व्यवस्थापक फुर्तेन्जी शेर्पा र लेखापाल विजयश्वर अर्याललाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

ब्युरोका अनुसार पक्राउ परेका अभियुक्तत्रयले २०७४ चैत ३० गते सोही प्रालिमार्फत सगरमाथा आरोहण गर्न तयार भएको १२ जना विदेशी नागरिकको आरोहण अनुमतिपत्र पर्यटन विभागबाट बुझेर त्यसलाई लुकाइ सोही मिति र परमिट नं राखी सक्कली अनुमतिपत्रमा भएको १२ जनाको नाममा एक चिनियाँ नागरिक र एक अष्ट्रेलियन नागरिकको नाम थप गरी १४ जनाको नाम भएको अर्को कीर्ते आरोहण अनुमतिपत्र तयार गरेको अन्सन्धानबाट खुलेपछि । पक्राउ गरिएको जनाएको छ । अभियुक्तत्रयले तयार पारेको कीर्तेपत्रको छायाँप्रति र सक्कली आरोहणपत्रको छायाँप्रतिमा मिति परमिट न एउटै तर आरोही सङ्ख्या फरक भएपछि ब्युरो अन्सन्धान थालेको जनाईएको छ ।

त्यस्तै ब्युरोद्दारा जारी विज्ञप्त्मिा सगरमाथा आरोहणका लागि जाने भनिएको नाम लिष्टमा चिनियाँ नागरिक आठ जना, भारतीय दुई, स्पेनिस एक र बेलायती एक जना रहेकामा नक्कली आरोहणपत्रमा थप भएका दुईमध्ये एक जना चिनियाँ र एक अस्टे«लियाली नागरिक रहेको भेटिएको ब्युरोले जनाउँदै नक्कली पत्रमा नम समावेस गर्दै अभियुक्तत्रयले  दुई विदेशी नागरिकको परमिट शुल्कबापत २२ हजार अमेरिकी डलर तीनै जनाले बाँडेर लिएको अनुसन्धानबाट खुलेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।