सोमवार, बैशाख १७, २०८१

असल संस्कारलाई नेपाली समाजमा स्थापित गराउँन आवश्यक : मुख्यमन्त्री लालवावु

जनकपुर असोज १६,  युनिर्भसल पीस फेडेरेशन नेपालले २ नं. प्रदेश स्तरीय गाउपालिका र नगरपालिकाका मेयरहरु बिच बिकास साझेदार समन्वय गर्न जनकपुरमा मेयर सम्मेलनको आयोजना गरेको छ ।

२ नं. प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उदघाटन गर्नु भएको उक्त सम्मेलनको उद्घाटनसत्रलाइ सम्बोधन गर्दै मुख्यमन्त्री राउतले शान्तिको अभियान आजको आवश्यकता भएको भन्दै यसको शुरुवात परिवारबाट गनुपर्नेमा जोड दिनुभएको छ । त्यस्तै उहाँले प्रदेश न २ अन्र्तगत रहेका आठ जिल्लाका मेयर र उपमेयरहरुको परिवार सहितको सहभागिता रहेको प्रस्तुत सम्मेलनमा पारिवारिक मिलन गराउने साथै पारिवारिक मुल्य मान्यता र असल संस्कारलाई नेपाली समाजमा स्थापित गराउनु आजको आवश्यकता रहेको जिकिर गर्दै यस्ता पारिवारिक मुल्य मान्यताका कार्यक्रमले स्थानीय तहको विकासका सहयोग पुग्ने बताए ।

राजनीतिक बिश्लेषक लालबाबु प्रसाद यादवले संविधान र नयाँकानुनको कार्यान्वयनका सवालमा र जनप्रतिनिधिहरूको नेतृत्व विकास तथा क्षमता कसरी अभिवृद्धि गर्ने र विवाह एव ंपारिवारिक सम्बन्धलाई सुमधुर कसरी बनाउने भन्ने बारे अन्तर्राष्ट्रिय विज्ञ डा. रोर्बट एस किट्टेलले कार्यपत्र प्रस्तुत गर्नुभएको उक्त सम्मेलनमा नेपाल सरकारले तय गरेको ‘सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारालाई सार्थकता प्रदान गर्नका लागि पारिवारिक मूल्य–मान्यता र असल संस्कारलाई बढावा दिनआ–आफनो जोडीसहित कार्यक्रममा उपस्थित भएर २ नं प्रदेशका महानगरपालिका, उप–महानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख तथा उप–प्रमुखहरूले एकेवद्धता जनाएका थिए ।

जनकपुर उपमहानगर पालिकाकी उपप्रमुख रिना कुमारी मिश्रको सभापतित्वमा भएको कार्यक्रमा प्रदेश सांसद बेचु लुङ्गेली, पूर्व सभासद बबन सिह, बिश्व शान्ति तथा एकिकृत परिवार संघका अध्यक्ष सन्तोष कुमार पौडेल लगायतले  अभिव्यक्ति दिनु भएको थियो ।

 तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।