मङ्लबार, बैशाख ४, २०८१

इन्धन वोक्ने ट्यांकरबाट गाँजाको अवैध तस्करी

 काठमाडौं असोज १७, इन्धन ढुवानी गर्ने ट्यांकरबाट प्रहरीले २ सय ९५ किलो अवैध गाँजा बरामद गरेको छ । लागूऔषध नियन्त्रण ब्युरोले चितवनबाट हेटौंडा जाँदै गरेको ना३४ख ३९४९ नम्बरको ट्यांकरभित्र लुकाइराखेको गाँजा बरामद गरेको हो ।

प्रहरीले गाडी चालक ३८ वर्षीय प्रल्हाद ठकुरीलाई पक्राउ गरेको छ । ब्युरोका अनुसार २२ वटा गाँजाको प्याकेटलाई भारतीय बजारसम्म पुर्‍याउने तयारी भइरहेको थियो । बेच्न लगिएको गाँजाको अन्दाजी बजार मूल्य ४५ लाख रुपैयाँ छ ।

प्रहरीले गत वैशाखमा पनि ना४ख ५३६८ नम्बरको इन्धन बोक्ने ट्यांकरबाट १ सय ६० केजी गाँजा बरामद गरेको थियो । त्यतिबेला प्रहरीले गाँजा ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुर थाहा नगरपालिका–११ का सोमबहादुर थोकर र कैलाश गाउँपालिका–२ का इमानसिंह स्याङबोलाई पक्राउ गरेको थियो । कान्तिपुरबाट

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।