सोमवार, बैशाख १७, २०८१

प्रहरी नायब निरीक्षक विष्टसहित तीन जनाविरुद्ध मुद्दा दायर

 काठमाडौ असोज १८,  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेको महानगरीय प्रहरी प्रभाग सानोठिमी भक्तपुरमा कार्यरत प्रहरी नायब निरीक्षक ज्योति विष्टसहित तीन जनाविरुद्ध आज मुद्दा दायर गरेको छ ।

आयोगले प्रहरी नायब निरीक्षक विष्टको प्रत्यक्ष संलग्नतामा सोही प्रहरी प्रभागमा कार्यरत प्रहरी सहायक निरीक्षक सुवास ढुङ्गाना र प्रहरी हवल्दार दीपक भारतीले बालुवा बेचबिखन गर्ने व्यवसायीलाई सहजरुपमा निकासी गर्न दिने शर्तमा रु ४५ हजार घुस लिएको अभियोगमा पक्राउ गरेका थिए ।

त्यस्तै आयोगले तीनै जना प्रहरी कर्मचारीलाई रु ४० हजारको बिगो कायम गरी विशेष अदालतमा आज मुद्दा दायर गरेको हो । यस्तै आयोगले सोही प्रकरणमा संलग्न महानगरी प्रहरी प्रभाग काँडाघारीमा कार्यरत प्रहरी हवल्दार अमन चौधरीविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार हवल्दार चौधरीले बालुवा व्यापारीसँग रु पाँच हजार घुस लिएको अभियोग लागेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।