आइतवार, बैशाख १६, २०८१

राजनीतिक दलका ठूला नेताहरु एजेन्ट भएको नेता पराजुलीको आरोप

भक्तपुर असोज २ नेपाली काँग्रेस बिपीका महामन्त्री पुष्पराज पराजुलीले सत्तामा पुगेका राजनीतिक दलका ठूला नेताहरु कुनै न कुनै देशको एजेन्ट भएको आरोप लगाएका छन् ।  रफत सञ्चार क्लबमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै पराजुलीले नेपाल र नेपालीको हितमा रहेर भन्दा पनि आफूले एजेन्टको भूमिका निर्वाह गरिरहेको देशको हितमा काम गर्ने गरेको आरोप लगाउनु भएको हो । उहाँले नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको खोक्रो राष्ट्रबाद भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अभिनन्दन गर्दै नाकाबन्दीको ऋण तिरको बताउनु भयो ।
मोदी  नेपालमा आउँदा जानकी मन्दिरमा मोदीले पुजा गर्दै गर्दा बाहिर कुरेर बस्दाको दृश्यले पनि उनको राष्ट्रबाद प्रष्टाएको बताउनु भयो ।
नेपाली काँग्रेसले बिपीको सिद्धान्तलाई भूल्दै आफ्नो प्रजातन्त्रवादी छबी गुमाएकाले नयाँ प्रजातान्त्रिक शक्तिको उदय भएको उहाँले बताउनु भयो ।  सरकारले कञ्चनपुरमा भएको बालिका बलात्कार घटनाका बिषयमा जसरी आफ्नो शक्तिको प्रदर्शन गर्यो यसले वर्तमान सरकारले छबी प्रष्टाएको उहाँले बताउनु भयो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।