सोमवार, बैशाख १७, २०८१

सम्पदा निर्माणमा सरकार गैरजिम्मेवार बन्दै,  २२ तले धरहरा निर्माणको टेण्डर आज पनि खुलेनन

 काठमाडौं भाद्र ५,   २०७२ बैशाख १२ को महाभूकम्पका कारण पूर्ण रुपमा क्षत-विक्षत  ९ तले रहेको धरहरालाइ यथास्थिती अन्र्तगत संग्रहालयमा रुपान्तरण गर्दै २२ तलाको नयाँ धरहरा बनाउने प्राधिकरणको तयारी सम्बन्धी आह्वान गरिएको टेण्डरको आर्थिक प्रस्ताव खोल्न आजको लागि तोकिएके पूर्व निर्धारित समय स्थगित गरिएको छ ।   यसअघि पटकपटक गरि पाँचौपटक सम्मको पूर्व निर्धारित समय सहित छैटौंपटक आह्वान गरिएको टेण्डरको आर्थिक प्रस्ताव खोल्ने मिति रेखा स्थगित त हुँदै गर्दा एतिहासिक महत्वपूर्ण सम्पदा धरहराको पुनःनिर्माण प्रक्रियाले गति लिन सकिरहेका छैन ।

स्मरणर रहोस धरहरा निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले आव्हान गरेअनुरुप आधादर्जन निर्माण कम्पनीको प्रस्ताव पेश मध्ये प्राधिकरणले ५ वटा निर्माण कम्पनी मध्ये कुनै एकको कागजात शङ्कास्पद भनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा उजुरी परेको भन्दै आlर्थक् प्रस्ताव खोल्ने मितिलाइ पटकपटक स्थगन गर्दै सरकारले गैर जिम्वारी प्रस्तुत गर्दै आइरकेको सम्वद्ध स्रोतले जनाएको छ ।

त्यस्तै अनुमानित निर्माण लागत रु४ अर्ब लाग्ने अनुमानसंगै प्राधिकरणले पुनःनिर्माण कोषमा रु २४ करोड जम्मा भइसकेको  छ भने  नयाँ बन्ने धरहरा ७२ मिटर अग्लो   र आधुनिक शैलीको हुँने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।