सोमवार, बैशाख १७, २०८१

यस्तो छ देशैभर मध्यमदेखि भारी वर्षा हुने विभागको ३ दिने पूर्वानुमान

 काठमाडौ साउन २१,  मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै साउन २१ गते देखि साउन २३ गते सम्ममा दिउसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना औल्याएक छन ।   त्यस्तै मंगलबार पनि दिउँसो र राति देशभर सामान्यदेखि पूर्ण बदली रही देशका मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वका केही स्थानमा हल्कादेखि मध्यम खालको वर्षा हुने सम्भावना रहेको जनाउँदै मनसुन न्यूनचापीय प्रणालीको प्रभावले काठमाडौँ उपत्यकासहित देशैभर बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको जनाएको ।

महाशाखाको विवरणअनुसार आज काठमाडौँमा ४४ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा धेरै नेपालगञ्जमा ६४, ओखलढुङ्गामा ५६ र वीरेन्द्रनगरमा ४६ मिलिमिटर वर्षा भएको छ । त्यस्तै सिमरामा ३६, पोखरामा २६, दाङमा २५ र विराटनगरमा १९ मिलिमिटर वर्षा भएको छ । लगातारको वर्षाका कारण आज काठमाडौँ र ललितपुरका लुभू, गोदावरी खोलालगायत केही स्थानमा डुबान तथा बागमती, विष्णुमती, इच्छुमती, मनोहरा र हनुमन्तेमा पानीको बहाव बढेको जनाएके छ ।

  त्यस्तै जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान शाखाका अनुसार पहाडबाट बहने नदीहरुमा बाढीको सम्भावना रहेको जनाउँदै  शाखाले सार्वजनिक गरेको तीन दिने बाढी बुलेटिन अनुसार कमला, बागमती, कन्काईलगायतका नदीमा बहाब सतर्कता तह आसपास पुग्ने पूर्वानुमान भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन र बबईलगायत नदीमा बहाव उच्च रहेकाले थप बढ्ने खतरा र पहिरोग्रस्त क्षेत्रमा सतर्क अपनाउन आग्रह गरेको छ ।

Publish on: Aug 6, 2018 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।