सोमवार, बैशाख १७, २०८१

बढ्यो पेट्रोलियम पदार्थको मूल्य

 काठमाडौं भाद्र ४ , नेपाल आयल निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल मट्टीतेल र हवाई इन्धनको मूल्य बढाएको छ ।  बढ्दो मूल्य अनुसार पेट्रोलको मूल्य लिटरमा १ रुपैयाँले बढेर १११ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टतिेलको मूल्य २-२ रुपैयााले बढ्दा ९५ रुपैयाँ पुगेको छ ।

त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ४.५ रुपैयाँ र अन्तर्रा्ष्ट्रियतर्फको हवाई इन्धनमा प्रतिहजार लिटर ५० डलर रुपैयाँ बढाएको छ ।  नयाँ मूल्यअनुसार निगमलाई पेट्रोलमा ६५ पैसा नाफा छ भने डिजेल र मट्टीतेलतमा ७० पैसा घाटा रहेको ग्यासमा प्रतिसिलिन्डर २८० रुपैयाँ घाटा रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।