सोमवार, बैशाख १७, २०८१

प्रकाण्डलाई रिहा गर्न सर्वोच्चको आदेश, रिहाभएलगत्तै भोजपुर वमकाण्डको आरोपमा पुन पक्राउ

 काठमाडौ भाद्र ७,  सर्वोच्च अदालतले विप्लव नेतृत्वको नेकपा प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई थुनामुक्त गर्न आदेश जारी गरेको छ ।  न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले आज विश्वकर्मालाई सर्वोच्च अदालतको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश जारी गरेको हो  यसअघि सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडाको एकल इजलासले सोमबार विश्वकर्मालाई पक्राउ गर्नुका कारणसहित २४ घण्टाभित्र उपस्थित गराउन आदेश जारी गरे संगै विश्वकर्मालाइ अदालतमा उपस्थित गराईएको थियो ।

 त्यस्तै रु ७ करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन २०३० अनुसार काठमाडौँ प्रहरीले पक्राउ गरिएको विश्वकर्मालाई गत भाद्र १ गते न्यायाधीशहरू चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार राजन भट्टराई र नेपाल बार एशोसिएसनका अध्यक्ष शेरबहादुर केसीको रोहवरमा छाड्न आदेश दिएसंगै रिहा भएसंगै पक्राउ गरिएको थियो ।

 तर आज जारी आदेशमा सर्वोच्चले मुद्दाको अनुसन्धान गरी पर्याप्त कारण, आधार र प्रमाणको आधारमा मुद्दा चलाउन कानूनले रोक लगाएको देखिदा पुनःपक्राउलाई कानूनसंगत मान्न नमिल्ले जिकिर सहित रिहा गरिएका  प्रकाण्डलाइ प्रकाण्ड लाई प्रहरीले पुनः पक्राउ गरेको छ । प्रहरीले भोजपुर जिल्लामा भएको बम विष्फोटको घटनामा समेत निजको संलग्नता रहेको आरोपमा काठमाडौँ प्रहरी परिसरले उनलाइ पक्राउ गरेको हो ।