सोमवार, बैशाख १७, २०८१

आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न जोशीको सरकारसँग माग

 काठमाडौं साउन १९,   संसदीय सुनवाएबाट सर्वोच्च अदालतका लागि प्रस्तावित प्रन्या एवम् हान कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारीमा रहेका दीपकराज जोशीले आफ्नो शैक्षिक प्रमाणपत्रमाथि स्वतन्त्र छानविन गर्न सरकारसँग माग गरेका छन् । शुक्तवार संसदीय सुनुवाइ विशेष समितिले शैक्षिक प्रमाणपत्र शंकास्पद रहेको भन्दै प्रन्या स्वीकार गर्न अस्वीकार गरेपछि जोशीले शनिबार एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गर्न चुनौती दिएका हुन ।

त्यस्तै विज्ञप्तिमा जोशीले ‘मैले मेरो शैक्षिक प्रमाणपत्र संसदीय सुनुवाई विशेष समितिका माननीय सभापतिज्यू समक्ष पेश गरिसकेको र मेरो शैक्षिक प्रमाणपत्रहरु विभिन्न सार्वजनिक सञ्चार माध्यममा प्रकाशित भईसकेको समेत स्मरण गराउँदछु। सो विषयमा आधिकारिक निकायबाट अध्ययन अनुशन्धान नै नगरी, स्वतन्त्र निकायको अध्ययन अनुसन्धान विना नै विना आधार, विना प्रमाण एवं हचुवाको भरमा आशंका तथा चर्चा परिचर्चा भएको   बताउँदै प्रमाणपत्रका विषयमा समितिले धारणा बनाउँदा आफूलाई अन्याय भएको बताएका छन् ।

त्यस्तै पुनरावेदन अदालतमा २२ बर्ष र सर्वोच्चमा चार बर्ष काम गर्दा कहिल्यै प्रमाणपत्रमा प्रश्न नउठेकोको तर, अहिले नियतवस आफूमाथि खुँडा चलाइएको भन्दै कामु प्रधानन्यायाधीश जोशीले सुनुवाई समितिले समेत उचित अनुसन्धान विना निर्णय गर्नु आश्चर्यजनक भएको जिकिर गर्दै जोशीले उनले आफ्ना प्रमाणपत्रबारे स्वतन्त्र निकायबाट छानविन गरी सत्य पत्ता लगाउन संवैधानिक परिषद् र सरकारबाट उचित कदम चालिने आशा गरेका छन् ।

Publish on: Aug 4, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।