सोमवार, बैशाख १७, २०८१

सरकारको लोकतान्त्रिक मान्यताविपरितका कदम विरुद्ध जाग्यो काँग्रेस

    कांग्रेसले आज देशभर प्रदर्शन गर्ने  

काठमाडौं साउन १५, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशैभरि प्रदर्शन गर्ने भएको छ । लोकतान्त्रिक मूल्य मान्यताविपरित सरकार अधिनायकवादी मार्ग अख्तियार गरेको र सोको खबरदारी गर्न भन्दै प्रमुख प्रतिपक्षीदल कांग्रेसले आज ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।  प्रत्येक जिल्लामा  हुने  खबरदारीसभामा हुने विरोध प्रदर्शनमा ५ लाख भन्दा बढि सहभागि हुने काँग्रेसले जनाएको  छ ।

सभामुख र उप सभामुख भिन्न दलको हुनु पर्ने संबैधानिक ब्यवस्था भए पनि केन्द्र देखि प्रदेश सबै ठाउँमा दुबै पद एउटै पार्टीको भएकाले ती मध्ये कुनै एक पद प्रमुख विपक्षी दललाई दिनु पर्ने ,महंगी रोक्न प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, संवैधानिक अंगमा हस्तक्षेप गर्नुको अलावा दलिय आस्थाको आधारमा सरकारी संचारमाध्यमका पत्रकारहरुलाई निष्काशन लगायतका आरोप प्रतिपक्षीदल कांग्रेसले सरकार विरुद्ध लगाउँदै आएका छन ।

त्यसैगरी तत्कालीन देउवा सरकारले गरेको ६५ वर्षमा वृद्ध भत्ता दिने निर्णय मिर्गौला, स्पाइनल इन्जुरी, क्यान्सर तथा मुटुरोगका गम्भीर बिरामीलाई मासिक पाँच हजार रुपैया जीविकोपार्जन भत्ता दिने र भूकम्प पीडितलाई थप एक लाख राहत दिने निर्णय कार्यान्वयन गर्नुपर्ने माग पनि काँग्रेसले अघि सारेको   छ ।

खबरदारी सभाको क्रममा संघीय राजधानी काठमाडौंमा भने काँग्रेसले दिउँसो साढे २ बजे रत्नपार्क शान्ति बाटिकाबाट प्रदर्शन सहित भोटाहिटी, असन, इन्द्रचोक, विशालबजार हुँदै फेरि शान्तिबाटीकामै फर्किएर कोणसभा गरिने कांँग्रेसले जनाएको छ ।

Publish on: Jul 31, 2018

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।