सोमवार, बैशाख १७, २०८१

१५ दिने चोरी नियन्त्रण विशेष अभियान: उपत्यकाका विभिन्न स्थानबाट  ७५ जना पक्राउ  

 काठमाडौ जेठ १९, महानगरीय अपराध महाशाखाले उपत्यकामा दैनिक हुने चोरी नियन्त्रणका लागि चालेको १५ दिने चोरी नियन्त्रण विशेष अभियानअन्तर्गत उपत्यकाका विभिन्न ठाउँमा चोरी गर्ने ७५ जनालाई पक्राउ गरेको छ ।

महाशाखाले चोरीका घटना नियन्त्रणका लागि काठमाडौँ, भक्तपुर र ललितपुरमा १२५ जनशक्ति परिचालन गर्दै महाराजगञ्ज, कालिमाटी, बालाजु, स्ययम्भू, बौद्ध, गौशाला, बानेश्वर, लैनचौर, कमलपोखरी, दरबारमार्ग, कपन, बुढानीलकण्ठ, कीर्तिपुर, पेप्सीकोला, भक्तपुरको सूर्यविनायक, पण्डुबजार, सल्लाघारी, बालकोट ठिमी र ललितपुरको सानेपा, भैँसेपाटी, सुनाकोठी, महालक्ष्मीस्थान, इमाडोल, टिकाथली, लुभुबाट निजहरुलाइ पक्राउ गरिएको जनाएको छ ।

त्यस्तै महाशाखाका प्रमुख धीरजप्रताप सिंहले उपत्यकामा चोरी घटना रातीको भन्दा दिउँसोको समयमा बढी हुने गरेको जानकारी दिनुभएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।