सोमवार, बैशाख १७, २०८१

नेपालमा स्तन क्यान्सरबाट पुरुषहरु पनि पिडित , यकिन तथ्याङ्क नरहेको चिकित्सकहरुको जनाउ

विश्वमा स्तन क्यान्सरको विरामी मध्य जिरो दशमलव ६ प्रतिशत पुरुष पनि स्तन क्यान्सरबाट पिडित 

काठमाडौं जेठ १९,  विश्वमा स्तन क्यान्सरको विरामी मध्य जिरो दशमलव ६ प्रतिशत पुरुष पनि स्तन क्यान्सरबाट पिडित भएको जनाएको छ ।   आज काठमाडौमा महिला दिदि बहिनी समूह, रोटरी क्लव अफ चन्द्रगिरी र रोटर-याक्ट क्लव अफ किष्ट मेडिकल कलेजले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा चिकित्सकहरुले विश्व स्वास्थ्य संगठनको सो तथ्याङ्कको जानकारी दिएको हो ।

 नेपालमा पनि स्तन क्यान्सरबाट पिडित पुरुषहरु रहेको तर अध्ययन अनुसन्धानको कमीले स्तन क्यान्सरबाट पिडित पुरुष र महिलाको पनि यकिन तथ्याङ्क नरहेको चिकित्सकहरु जनाएको छ । कार्यालय जाने महिलामा नजाने महिलाहरुको तुलनामा ७० प्रतिशत बढी लाई स्तन क्यान्सरको सम्भावना रहेको र मुख्य कारण स्तनपानको कमि, वायु प्रदुषण, ढिला गर्भाधान, आधुनिक जीवन शैलीमा विभिन्न तनावका कारण पनि स्तन क्यान्सर हुने गरेको चिकित्सकहरुले जनाएको छ ।

कार्यक्रममा सहभागीहरुले महिनावारी हुँदा लगाउने स्यानेटरी प्याड नेपाल भरी सर्वसुलभ र सस्तो बनाई दिन सरकार सँग माग समेत गरेको छन् ।  महिनावारी स्वास्थ्य र स्तन क्यान्सर सम्बन्धि सचेतना कार्यक्रम पनि नेपाल भर पु-याउनु पर्ने उनीहरुको माग छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।