सोमवार, बैशाख १७, २०८१

सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ गोरे सार्वजनिक

 काठमाडौं जेठ ८,   साढे ३३ किलो सुन तस्करी प्रकरण र सनम शाक्य हत्या प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती उर्फ ‘गोरेलाई गृह मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै आज सार्वजनिक गरिएको छ ।  सरकारद्वारा गठित उच्चस्तरीय छानबिन समितिका संयोजक गृहमन्त्रालयका सहसचिव ईश्वराज पौडेलका अनुसार गोरेलाई आज बिहान साढे ५ बजे काठमाडौंको गौरीघाटबाट पक्राउ गरिएको हो।

यसअघि भारतबाट पक्राउ गरिएको नेपाल प्रहरीको उच्च स्रोतले जनाएपनि अनुसन्धान टोलीले गौरीघाटबाट पक्राउ गरिएको जानकारी दिएको छ । गत माघ ९ मा विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा गोरेले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको अभियोग लागेको छ।