सोमवार, बैशाख १७, २०८१

सरकारको नीति तथा कार्यक्रम जेठ ७ मा

प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने राजकिय नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष

काठमाडौं जेठ १,  नेकपा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारसरकारले आर्थिक वर्ष २०७५र०७६ को नीति तथा कार्यक्रम आगामी जेठ ७ गते प्रस्तुत गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ७ गते अपराह्न ४ बजे रिकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिसमक्ष अनुरोध गर्ने सञ्चार राज्यमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जानकारी दिनु भएको छ ।

तयस्तै बैठकले प्रधानमन्त्री केपी ओलीको निमन्त्रणामा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुइ दिने राजकिय नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष पहिचान गर्नुको अलावा भ्रमणले दुई देशबीचको सम्बन्ध अझ बलियो बनाएको अनुभूति र विश्वास मन्त्रिपरिषद्ले गरेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।