आइतवार, बैशाख १६, २०८१

लामो रस्काकस्सी पछि एमाले र मा.के नेपाल कम्युनिष्ट पार्टीमा रुपान्तरित

  काठमाडौं जेठ ३,   अन्तत नेकपा एमाले र माओवादी केन्द्रबीच आज पार्टी एकता भएको छ । एकता संयोजन समितिको बैठकले दुई पार्टीका अध्यक्षबीच पार्टी एकताको लागि भएको सहमति अनुमोदन गरलगत्तै बसेको संयुक्त केन्द्रीय समिति बैठक मार्फत पार्टी एकतासम्बन्धी भएका सहमति सहित निर्वाचन आयोगमा आजै दल दर्ता समेत गरेका छन । त्यसपद्धि राष्ट्रियसभागृहमा आयोजना गरिएको घोषणासभामा एमाले र माओवादी केन्द्र बीचको एकता प्रक्रियाबाट बनेको नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक घोषणा गरिएको थियो ।    नेपाल कम्युनिस्ट पार्टीको नाममा यसअघि नै दल दर्ता भएकाल‍े अन्डरलाइन गरेर निवेदन दर्ता  गरिएको  छ ।

त्यस्तै घोषणासभामा नवगठित कम्युनिष्ट पार्टीको घोषणापत्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वाचन गरेर सुनाउनुभएको थियो । त्यस्तै सम्बोधन गर्ने क्रममा नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले जनतासँग गरेको संकल्प र प्रतिबद्धता पूरा भएको बताउँदै अब नेपाली जनतालाई सुखी बनाउनु, देशलाई सुखी र समृद्ध बनाउनु तथा समाजिक न्यायसहितको आर्थिक समृद्धिबाट देशलाई अगाडि बढाउनु आवश्यक रहेको जिकिर गर्नु भएको थियो ।   यसैवीच नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय हाल धुम्बाराहीमा रहने भएको छ । पार्टीका जनसंगठन र जनसम्पर्कका कामहरु भने पेरिसडाँडाबाट सञ्चालन गरिने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।