आइतवार, बैशाख १६, २०८१

मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र

 काठमाडौ बैशाख २७,   मृगतृष्णा फेशन हाउसको आयोजना तथा स्टायल एडी ईन्टरटेनमेन्टको व्यबस्थापनमा गुरुङ्ग समुदायका युवती लक्षित गरि “मिस गुरुङ्ग इन्टरनेशनल”को दोश्रो सिजनको तयारी तिव्र रुपमा भैरहेको छ ।  लामो समयदेखि देशका विभिन्न स्थान तथा विदेशमा समेत सफल फेशन शो तथा सौन्दर्य प्रतियोगिताहरु आयोजना गरेर ख्याति कमाउन सफल मृगतृष्णा फेशन हाउसको आयोजनामा अन्तराष्ट्रिय स्तरको सौन्दर्य प्रतियोगिता “मिस गुरुङ्ग ईन्टरनेशनल २०१८” को दोश्रो सिजन सुरु गर्न लागेको हो ।  त्यस्तै यस समुदायका कला संस्कृति तथा भाषा लगायतको समग्र व्यक्तित्व विकास गर्ने उदेश्यले आयोजना हुदै आएको छ । प्रतियोगिताका लागि नेपालका वरिष्ठ व्यक्तित्व एवं चर्चित कलाकारहरुको उपस्थितीमा आर्मी अफिसर्स क्लबमा भव्य रुपमा आयोजना हुने प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

 प्रतियोगिताको बिजेता तथा उपाधी बिजेताहरुले स्कुटर, पचास हजार नगद पुरस्कार, फेशन डिजाईनरमा शत प्रतिशत स्कोलरसिप, थाईलैण्ड भ्रमण प्याकेज, एयर होस्टेस तालिममा स्कोलरसिप, ६ महिनासम्म व्युटी पार्लरमा विभिन्न सेवा सुविधा लगायत राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पाउने सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरबार्तामा समेत सहभागिता हुन पाउनेछन प्रतियोगिताका लागि छनौट हुने प्रतियोगीहरुलाइ पच्चीस दिनको विशेष प्रशिक्षण प्रदान गरिने छ जसमा नेपालका ख्याति प्राप्त कोरियोग्राफर तथा मिस नेपाल सुगारिका केसी एवं ट्रेनर बाट प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण दिनेछन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।