सोमवार, बैशाख १७, २०८१

काँग्रेस केन्द्रीय कार्यसमितिमा नेतृत्वको कटु आलोचना गर्ने  पौडेल पक्षको तयारी 

काठमाडौं चैत ९,  नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजबाट सुरु हुँदैछ । आजको बैठकमा मुलत काँग्रेसले सम्पन्न निर्वाचनमा केन्द्रदेखि स्थानीय तहसम्म व्होरनुपरेको पराजयको समिक्षा गर्ने भएको छ । निर्वाचन परिणनाम नेतृत्वको कारण भएको युवा नेताहरुको बुझाइ रहेको छ । तर नेतृत्व भने आफ्नो मात्र कारणले पार्टी पराजित नभएको भन्दै उम्कने बाटो खोजिरहेका बेला पराजयको कारणतत्वमा माथि आज घनिभुत समीक्षा गर्ने काँग्रेसको तयारी रहेको छ ।

त्यस्तै युवा न महाधिवेशनबाट नयाँ नेतृत्व आएको दुई वर्ष भइसक्दा समेत सभापति देउवाले पदाधिकारी मनोनयन गर्न नसकेको सवाल देखि पार्टी सभापति शेरबहादुर देउवाको सरकार र पार्टीमा रहँदाको नेतृत्वको रवैयाका कारण पार्टी पराजित बनेको आरोप सहित बैठकमा पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल गर्ने बताईको छ ।

त्यस्तै युवा नेतृत्व वृतबाट प्रतिपक्षी दलको रुपमा काँग्रेसको प्रस्तुतिकरण के र कसरी भन्ने विषय सहित हिन्दुराष्ट्र र राजसंस्थादेखि संघीयता खारेज गर्नेसम्मका एजेण्डा समेत बैठकमा महत्वका साथ प्रस्तुत गर्ने तयारी रहेको बताईएको छ । साथै नेता रामचन्द्र पौडेल समुहले भने पार्टी नेतृत्वको चर्को आलोचना गर्ने तयारी गरेको बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।