सोमवार, बैशाख १७, २०८१

स्थापना दिवसको अवसरमा महासंघले पूर्वसभापतिलाई सम्मान गर्ने

 काठमाडौं चैत ९,   नेपाल पत्रकार महासंघले महासंघको आफ्नो ६३ औंँ स्थापना दिवसको अवसरमा पूर्वसभापतिलाई सम्मान गर्ने भएको छ ।
महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा आज बसेको बैठकले चैत १६ गते स्थापना दिवस मनाउन महासचिव रमेश विष्टको संयोजकत्वमा सचिव रामप्रसाद दाहाल, प्रकाश थापा, शीतलप्रसाद महतो, लक्ष्मी पुन, रेम विश्वकर्मा र उदय जीएम रहेको सात सदस्यीय समिति गठन गर्नुको अलावा उक्त दिन रक्तदान तथा चियापान कार्यक्रमको समेत आयोजना गर्ने भएको छ ।

बैठकपछि जारी विज्ञप्तिमा उल्लेख भएअनुसार महासंघका सबै शाखा, प्रतिष्ठान, एसोसिएट र वैदेशिक शाखालाई पनि रचनात्मक कार्यक्रम गरी दिवस मनाउन आह्वान गरिएको जनाएको छ ।