काठमाडौं फागुन १७, आज मध्यरातमा राजधानीको टुँडिखेलमा गुरुमापा नामका राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाई ल्याइएको एक मुरी चामलको भात र एउटा राँगाको मासु खुवाईंने भएको छ । हरेक वर्ष फागु पूर्णिमाको राती किलागलमा पकाएको मासु र भात टुँडिखेलमा रहेको गुरुमापालाई खुवाइने गरिआएको प्रसङगमा प्राप्त किवदन्ती सहितको जानकारी अनुसार त्यसवेला गुरुमापा नाम गरेका राक्षसले उपत्यकाका मानिसलाई आफ्नो अहार बनाउँदै दिनहुँ जस्तो मान्छे मारेर खाने थालेपछि उपत्यकावसीले आजित भएको र पछि इटुम्वहालका जामुना गभाजु नामक तान्त्रिकको सहयोगमा ति राक्षसलाई तोरण राखेर समातेर मानिसको मासुको सट्टा वर्षको एकचोटी मासु र भात खुवाउने शर्तमा मानव वस्ती भन्दा टाढा रहेको टुडिखेलमा कैद गरेको भन्ने विश्वास छ ।
प्रस्तुत प्रङगमा प्रचलित लोक कथाअनुसार कर्नाटक वंशी राजा हरिदेवको पालामा किलागलमा रहेको इटुँबहालका जुवाको कुलतमा फसेका केशचन्द्र नामको एक व्यक्ति थियो। उनले आफ्नो सबै श्रीसम्पत्ति जुवामा हारेपछि ठमेलमा आफ्नी दिदीको घरमा भात खान भनी गएका थिए। त्यहाँ दिदीले भात खुवाउन भात पस्की ल्याएको सुनको थालसमेत जुवामा थाप्दा त्यो पनि हारेको थियो। अर्कोपल्ट भात खान भनेर जाँदा दिदीले रिसाइ भात भुइँमा नै पस्काइदिएकी थिइन्। दिदीले गरेको यो अपमान सहन नसकी सबै भात एउटा रुमालमा पोको पारी लिएर स्वयम्भूको जंगलतर्फ हिँडेका थिए। बाटोमा थकाइ मार्न समथर एउटा ठूलो ढुंगामा भातको पोको फिँजाई पल्टिँदा निद्रा लागेको थियो। त्यसै मौका पारी एक बथान परेवा उडेर आई सबै भात खाइदिएका थिए।
आफू भोकै बस्नुपर्ने पीरले कर्त्त भैरवको प्रार्थना गर्दा भात खाएका सबै परेवाहरू त्यहाँ आई सुनको बिष्टा गरिदिएका थिए। केशचन्द्रको प्रार्थनामा गुरुमापाले ती सुनका सबै बिष्टा बोकेर उनको घर पुर्याइदिए र गुरुमापालाई त्यही बहालमा लुकाइराखेको थियो। तर त्यहाँ उनले हरेक दिन अर्काको बच्चा चोरेर खाने गरेको र एक दिन केशचन्द्रको आफ्नै छोरो चोरेर खाएपछि त्यहाँका सबै मानिसहरू मिली उनलाई सहर बाहिर टुँडिखेलमा राख्न लगेको थियो। त्यसरी टुँडिखेलमा राख्न लैजाँदा हरेक वर्ष एक मुरी चामलको भात र एउटा सिंगै राँगाको मासु खुवाउने भनी केशचन्द्रले गरेको सहमती अनुरुप हरेक वर्ष होली पूर्णिमाको रातमा किलागलका स्थानीय बासिन्दाले मासु र भात खुवाउने गरिआएको् बुझिएको छ ।
तर त्यसवेलाका सहमति अनुरुप किलागलका स्थानीय बासिन्दाले आफ्नोदायित्व पूरा गर्दै जाँदा केहि समय पछिनै तन्त्रशक्तिको बलमा टुडिखेलमा कैद गरिएका गुरुमापा राक्षसले उपद्रो गर्न नछोडे पछि टुँडिखेलमा फागुपूर्णिमा लगत्तै मनाईने घोडेजात्राका क्रममा घोडा कुदाएर गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको जनविस्वास रहि आएको छ । तर आदिकालदेखि चलिआएको गुरुमापालाई भात खुवाइने परम्परा अहिले आर्थिक रुपले धान्न गार्हो भएको स्थानीय बासिन्दाले बताएका छन् । साथै बाँकी रहेको मासुभात प्रसादका रुपमा त्यहाँ जाने व्यक्तिहरुले पनि ग्रहण गर्ने प्रचलन रहेको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- इलाम–२ मतगणना:सुहाङ र खड्कावीच प्रतिस्पर्धा, रास्वपा हेरेको हेरैं
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ, लगानी गर्नुहोस् : प्रधानमन्त्री
- महानगर प्रमुख साहले भने- गरिब र अशक्त बिरामीलाई महानगरमा उपचार गराउँछौं
- उपनिर्वाचनको मत गणना विहान ११ बजेबाट सुरु : आयोग
- आजदेखि तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन सुरु हुँदै
- इलाम २ उपनिर्वाचनको अन्तिम मतपरिणाम १२ घण्टाभित्र :प्रमुख आयुक्त
- राजपुर हत्याकाण्ड: कांग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला
- कानुनी व्यवस्था सहित सहकारी ठगी प्रकरण रोक्ने सरकारको निर्णय
- छिन्नलता गीत पुरस्कारको घोषणा
- १६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान