आइतवार, बैशाख १६, २०८१

पत्रकारमाथिको दुव्र्यवहारप्रति महासंघको ध्यानाकर्षण

  भरतपुर महानगरपालिका नगरप्रमुख दाहालको उपस्थितीमा पत्रकारमाथि दुव्र्यवहार

 काठमाडौं चैत १४, नेपाल पत्रकार महासंघले समाचार संकलनका क्रममा भरतपुर महानगरपालिका पुगेका पत्रकारहरूलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नागरिकलाई सुसूचित गराउने धर्म निर्वाहमा जुटेका पत्रकारलाई समाचार संकलनमा रोक लगाई दुव्र्यवहार गरिएको यो घटना प्रेस स्वतन्त्रतामाथिकोे हस्तक्षेप भएको भन्दै महासंघका महासचिव रमेश विष्टले जारी गर्नु भएको विज्ञप्तिमा पत्रकारको संविधानप्रदत्त अधिकारमाथि आघात पु¥याउने यो घटनाको महासंघ कडा शब्दमा भत्र्सना गर्दै दोषीमाथि कारबाही गर्न र पत्रकारको संविधानप्रदत्त अधिकारको सम्मान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएको छ ।

महासंघ चितनव शाखाअनुसार चैत १३ गते उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र वुझाउने कार्यक्रमको समाचार संकलन गर्न भरतपुर महानगरपालिकामा पुगेका महासंघ चितवन शाखाका सहसचिव एवं कान्तिपुर टेलिभिजनका संवाददाता प्रवीण कुमार दत्त, कान्तिपुर दैनिकका रमेशकुमार पौडेल, कान्तिपुर टिभिका नवराज मिश्र, नागरिक दैनिककी सविता श्रेष्ठ, अन्नपूर्ण पोष्ट दैनिकका तुलमान गुरुङ, कालिका एफएमकी गीता गुरुङ, सौराहा अनलाईनका शिव आचार्यमाथि नगरप्रमुख रेनु दाहाल र उपप्रमुख पार्वती शाहकै रोहवरमा प्रशासकिय अधिकृत प्रेमराज जोशी र वडा नं। १० का वडाअध्यक्ष अरुण पीडित भण्डारीले गालीगलौज सहित दुव्र्यवहार गरी कार्यक्रम स्थलवाट वाहिर निकालिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।