शुक्रबार, बैशाख ७, २०८१

आयोगको २८ करोड ६५ लाख तीन हजार बेरुजु फछ्र्योट

काठमाडौ चैत १४,  निर्वाचन आयोगले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रमकावीच राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।

कार्यक्रममा आयोगका प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले राष्ट्रपतिसमक्ष आयोगको वार्षिक प्रतिवेदन बुझाउँदै आयोगले आफ्नो कार्यव्यवस्था प्रभावकारी बनाउन दोस्रो रणनीतिक योजना अन्र्तगत (२०७१/०७२–२०७५÷०७६) मतदाता शिक्षा र लैङ्गिक तथा समावेशीकरण नीति र रणनीति जारी गरी सरोकार भएकाहरुसँगको सहकार्यमा प्राथमिकताप्राप्त क्रियाकलाप सञ्चालन गरिरहेको जानकारी दिनु भएको थियो ।

त्यस्तै उहाँले स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी विसं २०७३ कात्तिक २६ गतेदेखि २०७४ माघ मसान्तसम्म विशेष कार्यक्रम सञ्चालनमार्फत मतदाता नामावली संकलन र अद्यावधिक तथा एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताको नामावली तयार गरी वेबसाइटमार्फत सार्वजनिक गर्नुको अलावा गत आवअन्तर्गत विसं २०७४ वैशाख ३१ र असार १४ गते दुई चरणमा ६१७ स्थानीय तहमा निर्वाचन सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनु भएको थियो ।

त्यस्तै प्रस्तुत आर्थिक वर्ष २०७३÷०७४ को वार्षिक प्रतिवेदनमा प्रतिवेदनमा गत आवमा आयोगले सम्पादन गरेको काम कारवाही सहित गत आवमा आयोगका नाममा कायम रहेको बेरुजु रु ४७ करोड ८९ लाख ६३ हजारमध्ये रु २८ करोड ६५ लाख तीन हजार फछ्र्योट गरी ५९.८२ प्रतिशत बेरुजु फछ्र्योट गरिएको उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2018
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728