सोमवार, बैशाख १७, २०८१

तरुण दलले सातै प्रदेशमा प्रशिक्षण भेलाको आयोजना गर्ने

काठमाडौ चैत ४,  नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले सम्पूर्ण तरुण प्रशिक्षित–सम्पूर्ण युवा संगठित’ अभियानअन्तर्गत सातवटै प्रदेशमा प्रदेशस्तरीय भेला गर्ने भएको छ ।

प्राप्त जानकारी अनुसार प्रशिक्षणमा जिल्ला समितिका पदाधिकारी, क्षेत्रीय सभापति, नगर सभापति, केन्द्रीय पार्षदको सहभागिता हुने प्रस्तुत प्रशिक्षण अन्र्तगत दलले प्रदेश–१ मा चैत २५ र २६ गते झापामा, प्रदेश–२ चैत २८ र २९ गते पर्सा, प्रदेश–३ वैशाख ३ र ४ गते हेटौँडा, प्रदेश–४ वैशाख ६ र ७ गते पर्वत, प्रदेश–५ वैशाख ९ र १० गते रुपन्देही, प्रदेश ६ वैशाख १२ र १३ गते सुर्खेत र प्रदेश– ७ को वैशाख १५ र १६ गते डडेल्धुरामा प्रशिक्षणको आयोजना हुने जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।