सोमवार, बैशाख १७, २०८१

आजबाट देशभर २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न निषेध

काठमाडौं चैत १,  सरकारले आज चैत १ गतेदेखि देशभरबाट २० वर्ष नाघेका सार्वजनिक सवारी गुड्न नपाउने नियम लगाएको छ। २० वर्ष नाघेका सार्वजनिक यातायात चैत १ गतेपछि पनि गुडेमा जफत गरी लिलाम गर्ने तयारी गरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ।  मन्त्रालयका प्रवक्ता राजेन्द्रराज शर्माले २० वर्ष पुराना सवारी चैत १ गते बिहीबारदेखि गुडे नियन्त्रणमा लिदै स कानूनी कारवाही गर्न प्रहरी प्रशासनलाई निर्देशन दिइएको मन्त्रालयले जनाएके छ ।

त्यस्तै यसअघि विभागले फागुन मसान्तसम्म २० वर्ष पुराना सार्वजनिक सवारीको ‘इञ्जिन नम्बर’ र ‘चेसिस नम्बर’ विभागमा बुझाउन सवारी धनीलाई अनुरोध गरेको भएपनि थोरै सवारीधनीमात्र विवरण बुझाएको जनाउँदै विभागले यसरी नम्बर बुझाउने सवारी धनीले कवाडीमा सवारीका पार्टपूर्जा बेच्न सक्ने जनाएको छ ।

 विभागले २० वर्ष पुराना ट्याक्सी र विद्युतीय सवारी साधन भने गुड्न दिइने जनाएको छ। विद्युतीय टेम्पो हाल उपत्यकामा ६०० र उपत्यका बाहिर २०० छन्। ब्याट्रीबाट चल्ने सवारी साधन भने ३० वर्षसम्म चल्नसक्ने निर्णय मन्त्रिपरिषद्ले गरी गत असोजमै नेपाल राजपत्रमा सूचना प्रकाशित गरिसकेको जनाएको छ । हाल देशभर पाँच हजार ५०० वटा २० वर्ष पुराना सवारी साधन गुडिरहेको तथ्यांक रहेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।