सोमवार, बैशाख १७, २०८१

वक्यौता नर्तिन संघका अध्यक्ष वास्कोटा माथि कपोकल्पित एवम् झुठा मुद्धा

यो वा त्यो वहानामा जालझेल गर्ने व्यवसायिलाइ संघको गर्नु पर्ने
कुनैपनि कारवाहीमा आफु पछि नपर्ने  अध्यक्ष  वास्कोटाको  जनाउ

काठमाडौं पुस १०,  नेपाल औषधि थोक ब्यवसायी संघका अध्यक्ष शिबराज बास्कोटा विरुद्ध राजधानीको मेडिकेयर हस्पिटल चावहिल आसपासस्थित तत्कालीन सुन्दरम फर्माबाट परिस्कार फर्मामा रुपान्तरण भएको खुद्रा औषधि व्यवसायिका सञ्चालकद्दय देवेन्द्र बहादुर श्रेष्ठ र नारायणकाजी महर्जनले महानगरीय प्रहरी बृत्त गौशालामा बदनियत एवम् कपोकल्पि रुपमा झुठा मुद्धा दर्ता गर्दै अध्यक्ष वास्कोटाको व्यक्तिगत एवम् संस्थागत रुपमा मानमर्दन गर्ने अभिष्ट राखेको समाचार प्राप्त भएको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार तत्कालीन सुन्दरम फर्माका खुद्रा औषघि व्यवसायि सञ्चालक नारायणकाजी महर्जन लगायतले विभिन्न कम्पनीका थोक औषधि ब्यवसायीसंग कारोवार गरे वापटको वक्यौता रकम लामो समदेखि चुक्ता नगरी थोक व्यवसायिलाइ तनाव दिनुको अलावा  पटक- पटक सम्पर्क गर्दा समेत कुनैसुनवाइ नगरी वक्यौता रकम चुक्ता नगर्ने नियतकासाथ पछिल्लो समय व्यवसायको नाम र सञ्चालक समेत परिवर्तन गर्दै परिस्कार फर्मा बनाएको भन्ने गुनासो संघमा परेपछि संघले मध्यस्थता गर्ने क्रममा व्यवसायि महर्जन र श्रेष्ठलाइ सम्पर्क राख्न आउँन वारम्वार  ताकेता गर्दा समेत   नजर अन्दाज गरेका कारण सम्पूर्ण  व्यवसायिहरुको छाता संगठनको हैसियतमा आज वाध्य भएर संघको अगुवाइमा वक्यौता रकम असुल उपरका लागि परिस्कार फर्मा पुग्दा समेत कुनैपनि सञ्चालकहरु सम्पर्क नआएको र पछि उल्टै महानगरीय प्रहरी बृत्त गौशालामा संघका अध्यक्ष वास्कोटाले पसल  तोडफोड  गर्दै धाकधम्की दिएको भन्ने जस्ता अर्नगल आरोप सहित उजुरी दिएको बुझिएको छ ।

यस सम्बन्धमा संघका अध्यक्ष वास्कोटासंग घटनाक्रमको विषयमा बुझ्दा उहाँले सुन्दरम फर्मा हाल परिस्कार फर्मामा रुपान्तरण भएको खुद्रा औषधि व्यवसायिका सञ्चालकद्दयले विभिन्न थोक औषधि व्यवसायिको वक्यौता रकम नबुझाएकोले संघको तर्फबाट मध्यस्थता गर्दा उल्टै वाँकी वक्यौता नदिने मनशाय अनुरुप ति व्यवसायिले झुठा र कपोकल्तिि उजुरी दर्ता गरेको बताए । कारोवार गर्ने अनि वक्यौता तिर्नु पर्दा अनेकन नाटक गर्दै यो वा त्यो वहानामा जालझेल गर्ने व्यवसायिलाइ संघको तर्फबाट गर्नु पर्ने कुनैपनि कारवाहीमा आफु पछि नपर्ने जनाउ समेत दिएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।