मङ्लबार, बैशाख २५, २०८१

सूचना टाँस गर्दै  बैठक स्थगित गर्नु सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठा: सभापति देउवा

काठमाडौ असार ३०. प्रतिनिधिसभाको आजको बैठकस्थगन गरिएको छ । देशका विभिन्न भागमा आएको बाढीपहिरो र डुबानबाट भएको जनधनको क्षतिको अनुगमन एवं समन्वय गर्न सांसदहरु आ–आफ्नो क्षेत्रमा जानुपर्ने भएकाले आजका लागि निर्धारित बैठक स्थगन गर्नुपरेको सूचनामा उल्लेख गरिएको छ । जारीसूचनामा उल्लेख भएअनुसार प्रतिनिधिसभाको अर्को बैठक आगामी साउन ८ गते १ बजे बस्ने सूचनामा उल्लेख छ ।

यसैवीच संसद बैठक स्थगन भएसंगै प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ ।

मुलुकमा विपद् स्थिति भएको बेला पीडितको सहयोगका लागि सम्पूर्ण संसद् एकढिक्का छ भन्ने सन्देश दिनुपर्नेमा सूचना टाँसेर बैठक एकाएक स्थगन गर्नु भनेको सरकारको गैरजिम्मेवारीपनको पराकाष्ठा  आफैमा अराजकताको पराकाष्ठा भएको बताउँनु भएको छ । संसद भवनबाट पाहिरनिस्कने क्रममा उहाँले संचारकर्मीसंग यस्तो प्रतिक्रिया दिनु भएको हो।

त्यस्तै उहाँले देशमा आइ परेको विपदको समयमा आफूहरुले छलफलका लागि राखेको सार्वजनिक महत्वको प्रस्तावमा छलफलका लागि पहलकदमी लिदै गर्दा बैठक नै स्थगन गर्ने परिपाटीले राम्रो सन्देश नदिने बताउँनु भएको छ । यसअघि नेपाली काङ्ग्रेस र राजपाले बाढीपहिरो र उद्धार कार्यसँग जोडेर सार्वजनिक महत्वको प्रस्ताव संसद् सचिवालयमा दर्ता गराएका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु