मङ्लबार, चैत्र ६, २०८०

बाढी–पहिरो अपडेट: मृत्यु हुनेको सख्या ६० पुग्यो , ३८ घाइते र २६ बेपत्ता

काठमाडौ असार २९, अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट मुलुकका विभिन्न जिल्लामा ६० जनाको मृत्यु हुनुको अलावा ३८ घाइते भएको र २६ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । विपद् उद्धारमा सम्बन्धी नेपाल प्रहरीले जारी गरेको साँझ ६ः ३० बजेको पछिल्लो अपडेटमा उल्लेख भएअनुसार २५०० सकुसल भन्दा बढीको उद्दार जनाएको छ ।

प्रहरीका अनुसार बाढी, पहिरो र डुबानबाट सबैभन्दा बढी प्रदेश नं १ मा मानवीय क्षति भएको जनाउदै प्रदेश नं १ मा १९, प्रदेश नं २ मा १४, प्रदेश नं ३ मा १५, प्रदेश नं ५ र ६ मा दुई­दुई तथा उपत्यकाको दुई जिल्लामा आठ गरी ६० जनाको ज्यान गएको जनाएको छ । जसमध्ये उपत्यकाको काठमाडौँमा तीन र ललितपुरमा पाँच जनाको मृत्यु भएको जनाएको छ । जसमध्ये २४ महिला र ३६ पुरुष रहेका छन् ।

प्रदेश नं १ अन्तर्गत भोजपुरमा पाँच, ओखलढुङ्गामा चार, खोटाङमा तीन, झापा र उदयपुरमा दुई–दुई, पाँचथर, सुनसरी, इलाममा एक­एक जनाको ज्यान गएको छ । प्रदेश नं २ अन्तर्गत रौतहटमा पाँच, धनुषा, महोत्तरी, पर्सा र बारामा दुई­दुई तथा सिराहामा एक गरी १४ जनाको मृत्यु भएको छ । प्रदेश नं ३ अन्तर्गत काभ्रेमा तीन, सिन्धुली र मकवानपुरमा चार–चार, धादिङमा दुई तथा रामेछाप र चितवनमा एक­एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ

त्यसतै घाइते हुनेमा उपत्यकामा पाँच, प्रदेश नं १ मा १६, प्रदेश नं २ मा पाँच, प्रदेश नं ३ मा १२ जना रहेका छन् । सुरक्षाकर्मीले उपत्यकाबाट ३४७, प्रदेश नं १ बाट १२, प्रदेश नं २ बाट ८२७ र प्रदेश नं ३ बाट २५८ जनाको उद्धार गरेको जनाउँदै अन्य ठाउँबाट उद्धार गरिएको भए पनि विवरण आइनसकेको जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु