शुक्रबार, बैशाख ७, २०८१

राहत, उद्धार र उपचारलाइ प्रभावकारी बनाउन राज्य व्यवस्था तथा सुशासन समितिको निर्देशन

काठमाडौ असार २९,  प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानमा परेका व्यक्तिहरुको उद्धार, राहत तथा घाइतेहरुको उपचार संगै बेपत्ता भएकाको खोजी र विस्थापितहरुको उचित आश्रयस्थलको प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण सहित सरकारलाई निर्देशन दिएको छ ।

त्यस्तै समितिले बाढीपहिरोको प्रकोप संगै महामारी फैलन सक्नेभन्दै यस तर्फपनि वेलैमा ध्यान दिदै स्वास्थ्यकर्मी र औषधिको पर्याप्त व्यवस्था गर्न सरकारलाए निर्देशन दिएको छ ।  साथै समितिले मृतकप्रति श्रद्धाञ्जलि र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै थप जनधनको क्षति हुन नदिन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु