मङ्लबार, चैत्र ६, २०८०

मनसुन अझै सक्रिय आउँदो २४ घण्टासम्म सर्तक रहन महाशाखाको आग्रह

काठमाडौ असार ३०,  जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभागमा अवस्थित रहेको अझै केही दिन देशभरि नै मनसुनी गतिविधि सक्रिय रहने जनाएको छ । यसअघि महाशाखाले सोमवारबाट न्यूनचापीय रेखा दक्षिण तर्फ लागेसंगै अव नेपालमा भन्दा भारतमा मनसुनी गतिविधि सक्रिय हुने बताएपनि आज भने बुधबारबाट मात्र मनसुनको सक्रियतामा केहि कमी आउने बताएको छ ।
त्यसतै महाशाखाले मनसुनी गतिविधि सक्रिय रहेकै कारण सोमवार र मंगलवार आज देशको पूर्वी, मध्य र पश्चिमी भू–भागमा भारी वर्षा हुने सम्भावना औल्यायउँदै यसवीचमा हुने वर्षाका कारण देशको पहाडी क्षेत्रमा पहिरो र तराईमा बहने नदीमा जलको बहाव बढेर बाढी जान सक्ने आउँदो २४ घण्टासम्म सचेत रहन आग्रह गरेको हो । बाढी पूर्वानुमान महाशाखाले बुधबारदेखि सबै नदीमा बहाव सामान्य हुने बाढी पूर्वानुमान महाशाखालेले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।