मङ्लबार, बैशाख २५, २०८१

अभिमुखिकरण मार्फत औषधि व्यवसायमा नयाँ आयाम कोर्दै औषधि थोक व्यवसायी संघ

काठमाडौं जेठ ३०,  नेपाल औषधि थोक व्यवसायी संघको आयोजना एवम् संघको प्रादेशीक संरचना गण्डकी प्रदेशको समन्वयमा औषधि जगतमा पहिलो पटक थोक औषधि व्यवसायी लक्षित वितरण भण्डार सम्बन्धी अभिमुखिकरण कार्यक्रम शुक्रवारबाट गण्डकी प्रदेशमा वृहत रुपमा शुभारम्भ हुने भएको छ ।   हामीलाइ प्राप्त जानकारी अनुसार दुइ दिवशीय प्रस्तुत कार्यक्रममा गण्डकी प्रदेशका ६ दर्जन भन्दा बढि औषधि र थोक औषधि व्यवसायी प्रत्यक्ष लाभाम्वित हुने बताईएको छ ।

शुक्रवार एक भव्य कार्यक्रमकावीच अभिमुखिकरणको औपचारिक शुभारम्भको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिदै संघका प्रदेशका अध्यक्ष रुद्र मल्लले प्रस्तुत अभिमुखिकरण संघको विधानत प्रस्तावित लक्ष्य अनुरुप सातै प्रदेशमा सञ्चालन गर्ने केन्द्रीय समितिको तयारी रहेको बताउँनु भएको छ । त्यस्तै अध्यक्ष मल्लले औषधि व्यवसायमा नयाँ व्यवसायीको बढ्दो प्रवेशको अवस्थालाइ समेत दृष्टिगत गर्दै यस व्यवसायमा प्रवेश गर्दैगर्दा अपनाइनुपर्ने न्यूनतम मापदण्ड समेत अपनाइएको नपाइएका अवस्था संगै व्यवसायलाइ जनमैत्री तथा सेवा मुखी बनाउँने लक्ष्य सहित  अभिमुखिकरण कार्यक्रमको आवश्यकता  महसुस गर्दै गण्डकी प्रदेशबाट यस कार्यक्रमको शुभारम्भ गरिएको बताउँनु भएको छ ।

   मानव स्वास्थ्य संग प्रत्यक्ष सरोकार राख्ने औषधिको भण्डार र वितरणमा पछिल्लो समय देखिदै आएको गैर जिम्मेवारीपनका मौलाउँदै आएको यावत विकृति समेतलाइ सम्बोधन गर्ने लक्ष्य सहित औषधि जगतका नियमक निकाय औषधि व्यवस्था विभाग सम्वद्ध विज्ञटोलीको सहयोगमा सम्पन्न हुने यस कार्यक्रममा औषधि सामराज्यका सरोकारवाला संघ संस्थाका प्रतिनिधीको समेतको उपस्थित रहने बताईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

June 2019
S M T W T F S
 12
3456789
10111213141516
17181920212223
24252627282930
31