बिहिबार, बैशाख १३, २०८१

प्रथम चरणको जागरण अभियानबाट काग्रेसमा नविनतम ऊर्जा र उपलब्धी प्राप्त : पार्टी प्रवक्ता शर्मा

जागरण अभियानका क्रममा कांग्रेसमा प्रवेश गर्नेको संख्या ३१ हजार बढी

काठमाडौं जेठ ३०, हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियान” को प्रथम चरण वैशाख २५ मा प्रारम्भ भएर जेठ २५ मा सम्पन्न भएको। नेपाली कांग्रेसले एक महिनासम्म देशव्यापी रुपमा सन्चालन गरेको पहिलो चरणको जागरण अभियानमा संविधान, संघीयता र लोकतन्त्रको रक्षा एवं सम्बद्र्धनको भूमिका निर्वाह गर्नुपर्ने सुझाव प्राप्त भएको जानकारी दिनु भएको छ ।

त्यस्तै उहाँले जागरण अभियानको क्रममा वर्तमान सरकारको अधिनायकवाद उन्मुख गतिविधिका कारण नागरिकमा सरकारप्रति तीव्र असन्तुष्टी व्यक्त गर्दै फेरी पनि नेपाली कांग्रेसले आफूलाई नविन ढंगले अघि बढुन आग्रह आवश्यक रहेको जनमत पाइएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनु भएको छ ।
त्यस्तै उहाँले अभियानका क्रममा सत्तारुढसहित अन्य दलहरुबाट कांग्रेसमा प्रवेश गर्नेहरुको संख्या ३१ हजार ६सय ४२ रहेको जनाउँदै उहाँहरुलाई पार्टीले आवश्यक प्रशिक्षण पश्चात उपयुक्त जिम्मेवारी प्रदान गर्ने बताइएको छ ।

साथै उहाँले पत्रकार सम्मेलनमा आगामी भाद्र २४ गते  विपी जयन्तीका दिन  प्रारम्भ भई असोज ७ गतेसम्म जारी रहेने जानकारी दिदै प्रथम चरणका लागि जिल्लाहरुमा जिम्मेवारी लिएर खटिनु भएका केन्द्रीय प्रतिनिधिहरुले लिखित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउने बताउँनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।